२०८३ बैशाख १९ गते , शनिबार

बिर्तामोडका २५ कृषकले पाए च्यापकटर

sajilo news
परिवेश मिडिया
२०८१ फाल्गुन ६ गते , मंगलबार
बिर्तामोडका २५ कृषकले पाए च्यापकटर

बिर्तामोड । बिर्तामोड नगरपालिकाले पशुपालक कृषकहरुलाई च्यापकटर बितरण गरेकोछ । आज एक कार्यक्रमको आयोजना गर्दै नगरपालिकाले ५० प्रतिशत साझेदारी अनुदानमा २५ जना कृषकलाई मोटरसहितको च्यापकटर वितरण गरेको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले कृषिलाई प्रविधि मैत्री बनाउन हरेक वर्ष यस प्रकारका सामाग्री बितरण गर्दै आएको बताइन् । उनले कृषकहरुको मागलाई ध्यानमा राखेर विभिन्न प्रकारका सिपमुलक तालिम र मेशिन वितरण गर्दै आएको बताउँदै आगामी दिनमा अझै बढाएर लैजाने बताइन् ।
कार्यक्रममा बोल्दै वडा नम्बर ४ का वडाध्यक्ष राहुल शर्माले
कृषकले प्राप्त गरेका सामाग्रीको अधिकतम प्रयोग गर्न सबैलाई आग्रह गरे । यस्तै कार्यक्रममा बोल्दै कृषक लय प्रसाद रिजालले नगरपालिकाले गरेको सहयोगको प्रशंसा गरे ।
नगरपालिकाले सार्वजनिक सूचना जारी गरेर माग निवेदनका आधारमा च्यापकटर वितरण गरेको हो । ६० वटा निवेदन प्राप्त भएकोमा अनुगमन गरि यस वर्ष २५ जनालाई वितरण गरिएको पशुपंछि तथा मत्स्य विकाश शाखा प्रमुख डा. नगेन्द्र खड्काले जानकारी दिए ।
च्यापकटर एउटाको मुल्य २९ हजार ५ सय रहेकोमा कृषकले १४ हजार ७५० रुपैयाँ लगानी गरेका छन् । नगरपालिकाले ३ सय वटा भन्दा बढी च्यापकटर यस अघि नै वितरण गरिसकेको छ ।
नगरपालिकाको पशुपंछि तथा मत्स्य विकाश शाखा मार्फत च्यापकटर, चिलिङ भ्याट, दाना पिसाउने मेशिन, मिल्क क्यान, ब्रिडिङ मेशिन (चल्ला उत्पादन गर्ने मेशिन), काउ म्याट लगायतका सामाग्री हरेक वर्ष वितरण गर्दै आएको शाखा अधिकृत सावित्रा दाहालले जानकारी दिइन । 

सम्बन्धित समाचार