२०८३ बैशाख १९ गते , शनिबार
जिल्ला प्रहरी कार्यालय झापाको सिँढीमा झुन्डिएको अवस्थामा भेटिए सई खतिवडा
बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाका एकजना प्रहरी अधिकारी झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) धनराज खतिवडा कार्यालयको सिँढीमा झुन्डिएको अवस्थामा फेला परेको निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक विजय चौहानले पुष्टि गरेका छन् ।
भोजपुरको टेमकेमैयुङ-४ पुर्ख्यौली घर भएका ४९ वर्षीय खतिवडा मोरङ कानेपोखरी ७ का बासिन्दा हुन् । उनी केही महिनाअघि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट जिल्ला प्रहरी कार्यालय झापा गएका थिए । उनले अवकाश पाउन लागेका थिए । बिहान ६:३० बजे जिल्ला प्रहरी कार्यालयको तीन तलामाथि घुम्ने सिढीमा डोरीको पासो लगाई झुन्डिएको अवस्थामा उनी फेला परेको बताइएको छ ।