२०८३ बैशाख १९ गते , शनिबार

कचनकवलको आगलागीबाट करिब ७० लाखको क्षति

sajilo news
परिवेश मिडिया
२०८१ फाल्गुन ४ गते , आईतबार
कचनकवलको आगलागीबाट करिब ७० लाखको क्षति

बिर्तामोड । शनिबार साँझ झापाको कचनकवलमा भएको आगलागीबाट करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ  ।
कचनकवल गाउँपालिका वडा नं. ६ बनियानीस्थित बिशाल बस्ती बस्ने कमल  खतिवडाको दुई तले घरमा आगलागि हुँदा सो बराबरको क्षति भएको  अनुमान गरिएको हो ।
टिनको छानो भएको १० कोठे घरको पुजा कोठामा बालेको दियोबाट आगो सल्किएर आगलागी हुँदा घर पुर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आगलागीका कारण नगद एक लाख, ७५ तोला चाँदी, दुई वटा एसी, दुई वटा स्मार्ट टीभी, २२.५ तोला सुन, घरका अन्य सम्पूर्ण सामाग्री जलेको प्रहरीले जनाएको छ ।
बेलुका ७:३५ बजे शुरु भएको आगलागी भद्रपुर, मेचीनगर र बिर्तामोडको बारुणयन्त्रको सहयोगमा स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले राति १० बजे नियन्त्रणमा लिएका थिए ।
आगलागीबाट मानवीय तथा पशु चौपायमा भने कुनै क्षति नभएको प्रहरीले जनाएको छ। 

सम्बन्धित समाचार