२०८३ बैशाख १९ गते , शनिबार
झापाका दुई नगरका प्रमुख प्रशासकीय अधिकृतको सरुवा
बिर्तामोड । झापाका दुई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा भएको छ । बिर्तामोड नगरपालिका र गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत ५० जना उपसचिवहरूको सरुवा गरेको हो । उक्त सरुवा सुचीमा झापाका दुई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरु परेका छन् ।
केहि समयअघि मात्र इलामको सूर्योदय नगरपालिकाबाट बिर्तामोड आएका मिलन भट्टराईको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा भएको छ । कडा मिजासका भट्टराईको कर्मचारीहरुसँग तालमेल नमिलिरहेको बेलामा सरुवा भएको बताइएको छ ।
यता गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज खतिवडाको लगानी बोर्डको कार्यालय नयाँ बानेश्वरमा सरुवा भएको छ ।