२०८२ जेष्ठ ३२ गते , शनिबार

मालपोत कार्यालय झापाले उठायो साढे ४४ करोड राजश्व

sajilo news
परिवेश मिडिया
२०८१ फाल्गुन २ गते , शुक्रबार
मालपोत कार्यालय झापाले उठायो साढे ४४ करोड राजश्व

बिर्तामोड । झापाको चन्द्रगढीस्थित भूमिसुधार तथा मालपोत कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा  ४४ करोड ५७ लाख ३७ हजार चार सय ५१ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । 
प्रमुख मालपोत अधिकृत राजेशप्रसाद पोखरेलका अनुसार सात महिनामा १७ हजार पाँच सय ६९ रजिष्ट्रेसन पारित भएका छन् । यसैगरी मृत्युपछिको नामसारी पाँच सय ६७, घर कायम पाँच सय ८७, हाल साबिक अद्यावधिक नौ सय ८९, दाखिला खारेज एक सय ७१, संशोधन नौ सय १४, मोही बाँडफाँट ११, मोही नामसारी नौ र तीन सय ७० जनाको मोही लगत कट्टा भएको छ । 
प्रमुख पोखरेलले आर्थिक मन्दीका कारण घरजग्गा कारोबारमा उल्लेखनीय वृद्धि हुन नसकेकाले त्यसको प्रभाव राजस्व सङ्कलनमा परेको बताए । 
उक्त कार्यालयले आव २०८०/८१ मा रु ८० करोड ५८ लाख १४ हजार पाँच सय ९२ राजस्व सङ्कलन गर्दा ३६ हजार आठ सय ७५ थान रजिष्ट्रेसन पारित भएका थिए । 

सम्बन्धित समाचार