२०८३ बैशाख १९ गते , शनिबार
शिवसताक्षीकी राई मृत फेला
बिर्तामोड । झापा शिवसताक्षी नगरपालिका वडा नम्बर ११ की एक महिला मृत फेला परेकीछन् । मंगलबार साँझ ७ः४० बजे ५८ बर्षीया गंगामाया लिम्बु मृत फेला परेकीहुन् ।
धर्मराज सेनेहाङ्ग लिम्बुकी श्रीमती गंगामाया लिम्बु घरको भान्सा कोठामा भित्रबाट चुक्कुल लगाएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । उनी घरमा एक्लै बस्दै आएकी थिइन् भने उनका श्रीमान धर्मराज भारतको सिक्किममा बस्ने गरेको प्रहरीको भनाई छ ।
कानुनी प्रक्रिया पुरा गरी उनको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।