२०८३ बैशाख १९ गते , शनिबार

झापाको ७ पालिकामा (भोलि) बुधबार सार्वजनिक विदा

sajilo news
परिवेश मिडिया
२०८१ माघ २९ गते , मंगलबार
झापाको ७ पालिकामा (भोलि) बुधबार सार्वजनिक विदा

बिर्तामोड । झापाका सात पालिकाले भोलि (बुधबार) सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । दक्षिणी क्षेत्रका तीन पालिकाले किचकबध मेलाका लागि विदा दिएका छन् भने बिर्तामोड नगरपालिका तथा कमल, बाह्रदशी र झापा गाउँपालिकाले सन्थाल जातिको सोहराय पर्वको लागि विदा दिएको जनाएका छन् ।
भद्रपुर– २ स्थित किचकबध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलमा लाग्ने मेलाका लागि भद्रपुर, हल्दिबारी र कचनकवलले भोलि सार्वजनिक विदा दिएका हुन् ।
स्वस्थानी पूर्णिमाको दिन किचकबधमा मेला लाग्ने गरेको छ । महाभारतकालीन इतिहाससंग जोडिएको त्यस ठाउँमा भीमले किचकलाई मारेपछि किचकबध नाम रहन भएको भनाई छ ।
सन्थाल समुदायको सोहराय पर्वका लागि यसअघि माघ १५ गते नै भद्रपुर नगरपालिका र हल्दिवारी गाउँपालिकाले विदा दिएका थिए ।

सम्बन्धित समाचार