२०८१ चैत्र ८ गते , शुक्रबार

सशस्त्र प्रहरीद्वारा १४ क्विण्टल अवैध माछा बरामद

sajilo news
परिवेश मिडिया
२०८१ माघ २८ गते , सोमबार
सशस्त्र प्रहरीद्वारा १४ क्विण्टल अवैध माछा बरामद

बिर्तामोड सशस्त्र प्रहरी बल नेपाल नं. गण हेक्वा झापाले १४ क्विण्टल अवैध माछा बरामद गरेको सशस्त्र प्रहरीले सोमबार ११ः३० बजे कनकाई नगरपालिका वडा नम्बर जामुनखाडीस्थित पूर्वपश्चिम लोकमार्गबाट सो परिमाणको माछा नियन्त्रणमा लिएको हो

सशस्त्र प्रहरी सहायक निरीक्षक लोकेन्द्र पोखरेलको कमाण्डमा खटिएको टोलीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र.०१०२००२च ४८४९ नम्बरको पिकअप गाडीलाई शंका लागि चेकजाँच गर्ने क्रममा अन्दाजी लाख २० हजार मुल्य बराबरको अवैध माछा फेला पारेको सशस्त्र प्रहरी बल नेपाल नं. गण हेक्वा झापाका सुचना अधिकारी सप्रनाउ महेशराज बिष्टले जानकारी दिए

बरामद गरिएको माछा, चालक सुनसरीको इनरुवा बस्ने २४ बर्षीय दिलकुमार चौधरीसहित सवारी साधन आवश्यक कारबाहीका लागि पशु क्वारेण्टाईन कार्यालय काँकडभिट्टाबाट खटिएका निमित्त कार्यालय प्रमुख मुकेश कुमार सिंहको टोलीलाई बुझाए पश्चात उक्त क्वारेण्टाईन कार्यालयले  विभिन्न व्यक्तिहरुको रोहबारमा  बजे सप्र बल, नेपाल नं. गण हेक्वा झापाको हाताभित्र खाल्डो खनेर नष्ट गरेको सूचना अधिकारी विष्टले बताए

साथै चालक सवारीसाधन आवश्यक अनुसन्धान तथा कारबाहीको लागि पशु क्वारेण्टाईन कार्यालय काँकडभिट्टा लगिएको उनले जानकारी दिए

 

सम्बन्धित समाचार