बास्कोटा समाजको साधारण सभामा विभिन्न व्यक्ति सम्मानित
बिर्तामोड । बास्कोटा समाज सेवा समिति झापाले विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । समाजको शनिबार माइधारमा सम्पन्न साधारण सभामा उनीहरुलाई सम्मान गरिएको हो । २०८१ मा कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीद्वय ऋतिक बास्कोटा र अनिता बास्कोटालाई सम्मान गरिएको थियो । त्यस्तै ज्येष्ठ नागरिकद्वय अर्जुनधारा–१ का ९३ बर्षीय रामलाल बास्कोटा र बुद्धशान्तिकी ९१ बर्षीया पद्मादेवि बास्कोटा साथै हवाई जहाज बनाएर उडाउन सफल युवा विद्यार्थी सबिन बास्कोटालाई सम्मान गरिएको अध्यक्ष लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए ।
कार्यक्रमका बिच बास्कोटा सेवा समाजको जग्गामा कम्पाउण्ड वालको शिलन्यास गरिएको छ । शिवसताक्षी–१० माइधारस्थित ११ कठ्ठा जग्गामा समाजले ज्येष्ठ नागरिक भवन, सामुदायिक भवन र गुरुकुल सञ्चालन गर्ने योजना रहेको अध्यक्ष बास्कोटाले बताए ।
पूर्व गृहमन्त्री तथा महर्षी फाउण्डेशनका अध्यक्ष दिपकप्रकाश बास्कोटाको प्रमुख आतिथ्य तथा शिवसताक्षी–१० का वडाध्यक्ष हर्क सिगुको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा सहभागीहरुलाई उपाध्यक्ष कमलप्रसाद बास्कोटाले स्वागत गरेका थिए । लक्ष्मीप्रसाद बास्कोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव दिनेश बास्कोटाले सञ्चालन गरेका थिए ।