२०८३ बैशाख १९ गते , शनिबार

ताप्लेजुङ–झापा सरोकार समाजको अध्यक्षमा पुनः काफ्ले

sajilo news
परिवेश मिडिया
२०८१ माघ २६ गते , शनिबार
ताप्लेजुङ–झापा सरोकार समाजको अध्यक्षमा पुनः काफ्ले

बिर्तामोड ताप्लेजुङझापा सरोकार समाजको पाँचौं अधिवेशनबाट अध्यक्षमा पुनः होमप्रसाद काफ्ले निर्विरोध निर्वाचित भएका छन् समाजको आज बिर्तामोडमा सम्पन्न १०औँ बार्षिक साधारणसभा तथा पाँचौं जिल्ला अधिवेशनबाट उपाध्यक्षमा शिवप्रसाद खरेल, लक्ष्मी अधिकारी सावित्रा ओडारी शिवाकोटी, सचिवमा ढाँचाराज कडरिया, सहसचिवमा रमेशचन्द्र पुरी  कोषाध्यक्षमा पदमबहादुर तामाङ निर्वाचित भएका हुन्

त्यसैगरी समितिका सदस्यहरुमा नविन सिटौला, पदम पौडेल, देवीप्रसाद अधिकारी, तेजकुमार लिम्बू, कुमारी सेन्दाङ अर्जुन खरेल, भीमबहादुर मोक्तान तामा शेरबहादुर मादेन निर्वाचित भएको निर्वाचन समिति संयोजक नारायणप्रसाद चौंलागाईले जानकारी दिए

यसअघि पं. नारायणप्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसमामा संस्थाले स्थापना गरेको अक्षयकोषमा सहयोग गर्ने राजेन्द्र सुवेदी, कोमल गुरागाँई लगायत अक्षयकोषका दातालाई सम्मान गरिएको थियो संस्थाका अध्यक्ष काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि भट्टराई, विशेष अतिथि राजेन्द्र सुवेदी, कोमल गुरागाँई, इलामझापा मैत्री समाजकी अध्यक्ष तिलोत्तमा खत्री लगायतले शुभकामना मन्तव्य राखेका थिए

सचिव उमानाथ प्याकुरेलले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष शिवप्रसाद खरेलले कार्यक्रममा सहभागीहरुलाई स्वागत गरेका थिए

सम्बन्धित समाचार