२०८३ बैशाख १९ गते , शनिबार

घरनक्सा पास गर्न दुई वटा रुख अनिवार्य रोप्नु पर्ने

sajilo news
परिवेश मिडिया
२०८१ माघ २५ गते , शुक्रबार
घरनक्सा पास गर्न दुई वटा रुख अनिवार्य रोप्नु पर्ने

ताप्लेजुङ ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भवन निर्माण गर्ने जग्गामा कम्तिमा दुईवटा रुख रोपी हुर्काउनुपर्ने गरी घरनक्सा पास सम्बन्धी कार्यविधि ल्याएको कार्यविधि अनुसार घर निर्माणका लागि नक्सा पास गर्न कम्तिमा तीनआना जग्गा अनिवार्य चाहिने भएको

कार्यविधि लागु हुनुभन्दा अघि निर्माण भएका घरका हकमा भने उक्त नियम लागु नहुने गाउँपालिकाले स्पष्ट पारेको भवन निर्माणका क्रममा जग्गाको चारैतर्फ कूल क्षेत्रफलको कम्तिमा २५ प्रतिशत जग्गा खाली हुनुपर्ने प्रावधान कार्यविधिमा राखिएको अब फक्ताङलुङ गाउँपालिकामा नक्सा पास नगराई भवन निर्माण गर्न नपाइने भएको

प्रमुख प्रशासकीय अधिकृत नवीन तेम्बेका अनुसार पालिका भित्र तोकिएको क्षेत्र संरचना बाहेक नक्सा पास तथा निर्माण स्वीकृत नगराई भवन निर्माण गर्न कार्यविधिले प्रतिबन्ध गरेको नक्सा पास गरेर भवन निर्माण गरेको व्यक्तिले घरमा तला थप्न चाहेमा तोकिएको प्रकृया अनुसार निर्माण सम्पन्न प्रमाणपत्रका आधारमा तल्ला थपको अनुमति लिन सक्ने प्रावधान कार्यविधिमा राखिएको कच्ची घर निर्माण गर्दा तीनसय वर्गफिट सम्मको घरका लागि सम्वन्धित वडा कार्यालयको सिफारिस पालिकामा आबेदन दिनुपर्ने हुन्छ कार्यालयले आवश्यक जाँचबुझ गरी अनुमति प्रदान गर्न सक्ने व्यवस्था कार्यविधिमा उल्लेख गरिएको

तीनसय वर्गफिटसम्मको घरमा सँधियारको मुचुल्का नचाहिने भएको तीनसय वर्गफिट भन्दा माथि पाँचसय वर्गफिटसम्मको कच्च घरका लागि दर्ता नभएको बाटो वा कुलोको निकास मात्र भएमा पनि सम्वन्धि वडा कार्यालयबाट १५ दिने सूचना जारी गरी सर्जमिन मुचुल्का, चारकिल्ला प्रमाणित, घर निर्माणको सामान्य नक्सा राजश्व तिरेको रसिदसहित निर्माण इजाजातका लागि गाउँ कार्यपालिकाको कार्यालयमा आवेदन दिनुपर्ने हुन्छ पालिकाले इजाजत दिएपछि प्रकृया अनुसार निर्माण कार्य पूरा भएको भए पालिकाले घर निर्माण सम्पन्न प्रमाणपत्र दिनेछ भवन निर्माणको हकमा नक्सा पास भएपछि निबेदकले भवन निर्माण इजाजत लिनुपर्ने हुन्छ

आवश्यक मापदण्ड पूरा गरी भवन निर्माणका लागि इजाजत माग भइ आएको अवस्थामा पालिकालेप्लिन्थ लेभलसम्मका लागि अस्थायी इजाजत उपलब्ध गराउने भएको प्लिन्थ लेभलको निर्माण कार्य महिना भित्रमा पूरा गर्नुपर्ने प्रावधान कार्यविधिमा राखिएको उक्त अवधिमाप्लिन्थ लेभलको कार्य पूरा नभए नक्सा पासमा तिरेको राजश्वको पाँच प्रतिशत दस्तुर तिरी म्याद थपका लागि आबेदन गर्न सकिने

पालिकाले आवश्यक देखेमा महिना सम्म थप म्याद दिन सक्ने व्यवस्था कार्यविधिमा उल्लेख गरिएको प्लिन्थ लेभलकोडिपिसीसम्मको कार्य पूरा भएपछि स्थायी इजाजतका लागि पालिकामा आवेदन गर्नुपर्ने हुन्छ

स्थायी इजाजत प्राप्त भएको मितिले दुईबर्ष भित्र भवन निर्माण कार्य पूरा गरिसक्नु प्रावधान गाउँपालिकाले बनाएको स्थायी इजाजत पाएको दुईबर्षभित्र पनि निर्माण कार्य पूरा नभए पाँच प्रतिशत नक्सा नविकरण दस्तुर तिरी अर्को एकबर्ष सम्म म्याद थप गर्न सकिने थप भएको म्याद भित्र पनि निर्माण कार्य पूरा नभए पुनःअर्को नक्सा पास गरी भवन निर्माण कार्य अघि बढाउन फेरि पहिलाकै जस्तो प्रकृया थालनी गर्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको

सम्बन्धित समाचार