२०८३ बैशाख १९ गते , शनिबार

विपिन जोशीको रिहाइका लागि सभामुख घिमिरेले लेखे पत्र

sajilo news
परिवेश मिडिया
२०८१ माघ २५ गते , शुक्रबार
विपिन जोशीको रिहाइका लागि सभामुख घिमिरेले लेखे पत्र

झापा हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि सभामुख देवराज घिमिरेले पहल गरेका छन्

सभामुख घिमिरेले अरब संसद्का अध्यक्ष मोहम्मद अहमद अलयमाहीलाई शुक्रबार पत्र लेख्दै विपिन जोशीको सकुशल रिहाइका लागि विशेष पहल गरिदिन अनुरोध गरेका हुन्

नेपाल अरब लिगबीचको सौहार्दपूर्ण सम्बन्धलाई ध्यानमा राख्दै तपाईंलाई अक्टोबर , २०२३ देखि हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको यथाशीघ्र रिहाइका लागि पहल सहयोगका लागि अनुरोध गर्दछु,’ पत्रमा उल्लेख गरिएको

पत्रमा सभामुख घिमिरेले नेपाल अरब लिगबीचको सौहार्दपूर्ण सम्बन्धको स्मरण गर्दै विपिन जोशीलाई सकुशल स्वदेश फर्काउन अरब लिगले सहयोग र्पुयाउने विश्वास व्यक्त गरेका छन्

नेपाल सरकारले हालै इजरायल हमासबीच भएको युद्धविराम तथा बन्दी आदानप्रदान सम्झौताका लागि स्वागतयोग्य दृष्टिकोण लिएको स्मरण गराउँदछु,’ पत्रमा भनिएकोछ

हमासले अक्टोबर २०२३ मा गरेको आक्रमणपछि जोशीलाई बन्दी बनाएको थियो जोशीको रिहाइका लागि सरकारले कूटनीतिक पहल गरिरहेको

गत आइतबार नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासले सभामुखसँगको भेटमा विपिनको रिहाइका लागि संसदीय कुटनीति समेत प्रयोग गर्न सकिने सुझाव दिएका थिए

पत्रका सभामुख घिमिरेले नेपाल सरकारले हालै इजरायल हमासबीच भएको युद्धविराम तथा बन्दी आदानप्रदान सम्झौताको स्वागत गरेको समेत उल्लेख गरेका छन्

सभामुख घिमिरेले नेपाल सार्क, बिमस्टेकजस्ता क्षेत्रीय तथा उपक्षेत्रीय संरचनाहरूमा सक्रिय रूपमा सहभागी हुँदै आएको स्मरण गराउँदै नेपाल अरब लिगबीच थप सहकार्यको आवश्यकमा जोड दिएका छन्

सभामुख घिमिरेको अपिलसँगै विपिन जोशीको सकुशल उद्दारका लागि कूटनीतिक तहमा थप पहल हुने अपेक्षा गरिएको

सम्बन्धित समाचार