२०८३ बैशाख १९ गते , शनिबार

‘अमला काण्ड’ भन्दै अतिरञ्जित भिडियो सामाग्री प्रशारण गर्ने युट्युब च्यानललाई कारबाही गरिने

sajilo news
परिवेश मिडिया
२०८१ माघ २३ गते , बुधबार
‘अमला काण्ड’ भन्दै अतिरञ्जित भिडियो सामाग्री प्रशारण गर्ने युट्युब च्यानललाई कारबाही गरिने

झापा । झापाको शिवसताक्षी नगरपालिकामा भएको घटनालाई ‘अमला काण्ड’ भन्दै अतिरञ्जित ढंगले प्रस्तुत गर्ने ३८ वटा युट्युब च्यानलविरुद्ध प्रेस काउन्सिल नेपालले कारबाही प्रक्रिया अघि बढाएको छ।
पीडित युवती, आरोपित जेष्ठ नागरिक, शिशु र पीडित परिवारका भिडियो तथा तस्बिर सार्वजनिक गर्दै अमर्यादित प्रश्नहरू सोधिएको, संवेदनहीन बहसलाई प्राथमिकता दिँदै भ्युअर बढाउने उद्देश्यले चरित्रहत्या गर्ने सामग्री सम्प्रेषण गरिएको काउन्सिलको ठहर छ।
पत्रकार आचारसंहिता, महिला उत्तरदायी सञ्चार निर्देशिका, जेष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका र वैयक्तिक गोपनीयतासम्बन्धी ऐनको उल्लङ्घन गर्ने यस्ता च्यानलहरूमाथि कारबाही अघि बढाइएको काउन्सिलले जनाएको छ।
साथै, मिडियाको आवरणमा चलेका तर दर्ता नभएका युट्युब च्यानललाई साइबर ब्युरोमार्फत कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ ।
काउन्सिलले पत्रकारिताका मूल्य मान्यता विपरीत समाजमा घृणा, उत्तेजना र अफवाह फैलाउने सामग्री तत्काल हटाउन आग्रह गरेको छ। साथै, गैरपेशागत तथा गैरकानुनी गतिविधि नगर्न चेतावनी दिँदै जिम्मेवार पत्रकारितामा ध्यान दिन सबै सञ्चार माध्यमलाई अनुरोध गरेको छ।

सम्बन्धित समाचार