२०८३ बैशाख १९ गते , शनिबार

कनकाईमा लागूऔषध कारोबारीमाथि गोली प्रकरण (अपडेट)

sajilo news
परिवेश मिडिया
२०८१ माघ २३ गते , बुधबार
कनकाईमा लागूऔषध कारोबारीमाथि गोली प्रकरण (अपडेट)

बिर्तामोड मंगलबार झापाको कनकाई नगरपालिका वडा नम्बर स्थित भित्री सडक खण्डमा प्रहरीले दुई जना भारतीय लागूऔषध कारोबारीलाई गोली प्रहार गरी पक्राउ गरेको थियो भारतीय नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा ड्युटीमा रहेका प्रहरीलाई ठक्कर दिइ उनीहरु भाग्न खोजेपछि प्रहरीले गोली प्रहार गरेको जनाएको

मंगलबार साँझ ६ः३० बजे कुमरखोदबाट सुरुङगा तर्फ आउदैं गरेको बीआर३७एए८४९८ नम्बरको भारतीय मोटरसाइकलमा आएका भारतको विहार राज्यस्थित डिगल बैंक थाना वडा नम्बर स्थायी ठेगाना भएका बर्ष २८ बर्षीय अन्जार आलम (चालक)  मोटरसाईकल पछाडी सवार सोहि स्थानका निजको सहोदर भाई अन्दाजी बर्ष १९ को युसुब आलमलाई प्रहरीले पक्राउ गरेको थियो उनीहरुको साथबाट प्रहरीले लागूऔषध ब्राउन सुगर प्लाष्टिक सहित ३२ ग्राम ७५० मिलिग्राम ( प्लाष्टिक बाहेक ३० ग्राम ६९०) मिलिग्राम बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको  

उनीहरुलाई चार राउण्ड हवाई फायर गर्दासमेत पक्राउ गर्न नसकेपछि चालक अन्जार आलमको देब्रे घुँडामुनि एक राउण्ड गोली प्रहार गरिएको हाल उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको प्रहरीले जनाएको

यसअघि पनि प्रहरीले गत बैशाख १७ गते झापा गाउँपालिका स्थित कुमरखोदमा गोली प्रहार गरी एक जना लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको थियो

सम्बन्धित समाचार