२०८३ बैशाख १९ गते , शनिबार

ताप्लेजुङको केवलकार विरोधी बन्द रोक्न निजी क्षेत्रको आग्रह (विज्ञप्ति सहित)

sajilo news
परिवेश मिडिया
२०८१ माघ २२ गते , मंगलबार
ताप्लेजुङको केवलकार विरोधी बन्द रोक्न निजी क्षेत्रको आग्रह (विज्ञप्ति सहित)

झापा अरुण पूर्वका जिल्लामा जारी बन्दको कार्यक्रम रोक्न निजी क्षेत्रले माग गरेको पाथीभरा (मक्कुम्लुङ) क्षेत्रको पर्यटन विकास तथा प्रवद्र्धन गर्न केवलकार निर्माणको परियोजना अघि बढीरहेकोले बन्द हडताल रोक्न उनीहरुले आग्रह गरेका हुन्

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ नेपाल चेम्बर अफ कमर्शले संयुक्त विज्ञप्ति जारी गर्दै परियोजनाको विषयलाई लिएर कोशी प्रदेशका जिल्लाहरूमा भइरहेको बन्द हडताल तत्काल नै रोक्न आग्रह गरेको हो

बन्दले आर्थिक तथा सामाजिक जनजीवन समेत अस्तव्यस्त हुनुका साथै सर्वसाधारणले सास्ती भोग्नु परेको उनीहरुले बताएका छन् बन्दको गतिविधिले देशको पूर्वाधार विकासका लागि लगानी मैत्री वातावरण विथोलिने अवस्था सिर्जना भएको तीनवटा निजी क्षेत्रले बताएको

नेपालको समग्र आर्थिक विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको सर्वविदितै उद्योग, व्यापार, बैंकिङ, उर्जा, कृषि, पर्यटन, सञ्चार लगायत अन्य विभिन्न पूर्वाधार विकास तथा सेवा क्षेत्रमा निजी क्षेत्रको गरेको लगानीले देशको समृद्धिमा उल्लेखनीय योगदान पु¥याएको तर, विकासका कार्य रोक्न भइरहेका पछिल्ला गतिविधिले नेपालमा लगानी गर्ने स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई नकारात्मक सन्देश प्रवाह गर्ने हुनाले सम्बन्धित सरोकारवालाहरूलाई यस विषयमा गम्भीर बन्न, विकास निर्माणको कार्यलाई सहज निर्वाध रुपमा सञ्चालन गर्ने वातावरण सिर्जना गर्न आग्रह गर्दछौं, विज्ञप्तिमा भनिएको

पाथीभरा (मक्कुम्लुङ) मा बन्ने पर्यटकीय पूर्वाधारले त्यहाँ जान चाहने बद्धबृद्धा, अशक्त, बालबालिका सहित अन्य यात्रुहरूलाई सुरक्षित, छिटो सुविधाजनक यात्रा उपलब्ध हुने निजी क्षेत्रले बताएको

केवलकार बन्न दिनु हुँदैन भनेर बाह्य हस्तक्षेप सहित केवलकार निर्माण कार्यमा अवरोध हुनुलाई दुःखद मात्र नभई विकासको प्रवाहलाई रोक्ने प्रयासका रुपमा निजी क्षेत्रले लिएको समेत विज्ञप्तिमा उल्लेख

नेपाल उद्योग वाणिज्य महासंघका कोशी, गण्डकी कर्णाली प्रदेशका सभापतिहरूले पनि आज छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै यस विषयमा महासंघ प्रदेश समितिको ध्यानाकर्षण भएको जनाएका छन्

उनीहरुले कोभिड महामारी लगायतका कारण संकटमा परेको अर्थतन्त्रको विकास गरी पुरानै अवस्थामा ल्याउनका लागि नेपाल सरकार निजी क्षेत्र लागि परिरहेको अवस्थामा विकासका लागि भइरहेका प्रयासमा अवरोध हट्नु पर्ने धारणा राखेका छन्

यस्तै, विज्ञप्तिमा देशका कैयौँ स्थानमा पर्यटन पूर्वाधारहरुको निर्माण गरी दशौँ हजार व्यक्तिलाई रोजगारी प्रदान गरिरहेको तथा राजस्वका माध्यमबाट मुलुकको अर्थतन्त्रमा ठूलो योगदान दिइरहेको बताइएको

हेर्नुहोस विज्ञप्ति

 

सम्बन्धित समाचार