२०८३ बैशाख १९ गते , शनिबार
अरुण पूर्वका नौ जिल्ला बन्द यथावत
बिर्तामोड । सोमबार भएको 'नो केवलकार समूह' र सरकारबीचको वार्ता निष्कर्षविहीन बनेपछि अरुण पूर्वका नौ जिल्ला बन्द यथावत रहेको छ ।
सोमबार भएको वार्ता निष्कर्षविहिन भएपछि बन्द यथावत राखिएको नागरिक उन्मुक्ति पार्टीका १ नम्बर प्रदेश अध्यक्ष धनबहादुर पङधाकले बताए । 'वार्ता निष्कर्षविहीन बनेको छ,' उनले भने, 'बन्द र हाम्रो आन्दोलन निरन्तर रहनेछ ।'
ताप्लेजुङको पाथिभरामा केवलकार बनाउन नहुने भन्दै आन्दोलन गर्दै आएको समूहलाई माघ १४ गते प्रहरीले दमन गरेको भन्दै माघ १५ गतेदेखि उनीहरुले बन्द आवान गरेका छन् ।
बन्दका कारण पूर्वी पहाडी जिल्लाहरूमा यातायातका साधन नचल्दा जनजीवन प्रभावित बनेको छ।