२०८३ बैशाख १९ गते , शनिबार

डाईभर्सनमा मोटरसाइकल ठोक्किँदा शरणामतीका सिटौलाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८१ माघ २१ गते , सोमबार
डाईभर्सनमा मोटरसाइकल ठोक्किँदा शरणामतीका सिटौलाको मृत्यु

बिर्तामोड । झापाको कनकाई नगरपालिका वडा न. १ जुके कल्भर्टस्थित पुर्वपश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परि झापा गाउँपालिका वडा न.६ शरणामती बस्ने बर्ष अन्दाजी ५० को हरि प्रसाद सिटौलाको मृत्यु भएको हो ।
आज बिहान ४:३० बजे सुरुङ्गाबाट बिर्तामोडतर्फ आउँदै गरेको मे ४ प ९५० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई डाईभर्सनमा ठोकिँदा मोटरसाइकल चालक सिटौला घाइते भएका थिए ।
टाउको र निधारमा चोट लागेका सिटौलालाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएकोमा डाक्टरले चेकजाँच गर्दा ५: १० बजे मृत्यु भइसकेको बताएका थिए । 

सम्बन्धित समाचार