२०८३ बैशाख १९ गते , शनिबार

अखिल क्रान्तिकारीको महासचिवमा रोशन थापामगर विजयी

sajilo news
परिवेश मिडिया
२०८१ माघ १६ गते , बुधबार
अखिल क्रान्तिकारीको महासचिवमा रोशन थापामगर विजयी

काठमाण्डौ अनेरास्ववियु (क्रान्तिकारी)को महासचिवमा रोशन थापामगर विजयी छन्

उपत्यका विशेष विश्वविद्यालय प्रदेशको अन्तिम नतिजा आएसँगै थापामगर ५९८ मत ल्याएर विजयी भएका हुन् उनका निकटतम प्रतिस्पर्धी सञ्जय महतोले ४१० मत प्राप्त गरेका छन्

थापामगर अध्यक्षका उम्मेदवार हेमन्त राई प्यानलका हुन् महतो अध्यक्षका अर्का उम्मेदवार विजयप्रकाश सापकोटा पक्षधरका हुन् उनीहरूको मतान्तर १८८ रहेको

यस्तै जना उपमहासचिवमा कोशीका विपिन पोखरेलले ८३१ मत ल्याएर विजयी भएका छन् मधेशबाट गजेन्द्र यादवले ४०७ मत ल्याएर विजयी भएका छन् बागमतीबाट निर्मला गौतमले ८०३ मत ल्याएर विजयी भएकी छिन्

यसैगरी गण्डकीबाट भगवान बास्तोलाले ७६९, लुम्बिनीबाट रेशम अधिकारीले ६२८, कर्णालीबाट प्रकाश अधिकारीले ६०४, सुदूरपश्चिमबाट रामचन्द्र भट्टले ३९९ मत ल्याएर जितेका छन् उपत्यका विशेषबाट निरोज श्रेष्ठ विश्वविद्यालयबाट जटिल कार्कीले ६४८ मत ल्याएर विजयी भएका छन् निरोश श्रेष्ठ विपिन पोखरेलबाहेक सबै हेमन्त राई पक्षका हुन् हेमन्त राई प्यानल माओवादी केन्द्रका नेता जनार्दन शर्मा समर्थित हो

१२ वटा सचिवमध्ये यसअघि शर्मा निकट वीरेन्द्र जिसी, समकृति पुन, अमर मण्डल, आस्र्टिक मोक्तान युन्छोङहाङ मावो विजयी भएका थिए कोषाध्यक्षमा फुलमाया राना खुशी विजयी भएकी थिइन्

सम्बन्धित समाचार