२०८३ बैशाख १९ गते , शनिबार
सोहराय पर्व : भद्रपुर र कचनकवलले बिदा दिँदा हल्दिबारीले दिएन
हल्दीबारी । सन्थाल समुदायले मनाउँदै आएको सोहराय पर्वको अवसरमा झापाका दुई पालिका भद्रपुर र कचनकवलले भोली माघ १५ गते स्थानीय बिदा दिएका छन ।
गत वर्ष बिदा दिएको हल्दिबारीले यस बर्षभने बिदा दिएको छैन । हल्दिबारीमा पनि सन्थाल समुदायको उल्लेख्य बसोबास रहेको छ ।
अल्पसङ्ख्यक आदिवासी सन्थालहरूको 'सोहराय' महत्वपूर्ण पर्व हो । उनीहरूले यो पर्व उल्लासपूर्वक मनाउने गरेका छन् ।