२०८३ बैशाख १९ गते , शनिबार

धौलागिरी पारिजातद्वारा १२५ जना विद्यार्थीलाई स्वीटर वितरण

sajilo news
परिवेश मिडिया
२०८१ माघ १४ गते , सोमबार
धौलागिरी पारिजातद्वारा १२५ जना विद्यार्थीलाई स्वीटर वितरण

बिर्तामोड झापाको बिर्तामोडमा प्रधान कार्यालय रहेको धौलागिरी पारिजात बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले हल्दिबारी स्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई स्वीटर वितरण गरेको

सहकारीको सामाजिक उत्तरदायित्व अन्तर्गत सोमबार विद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको सहकारीका कार्यकारी प्रमुख कृष्ण पौडेलले जानकारी दिए विद्यालयको कक्षासम्म अध्ययनरत १२५ जना विद्यार्थीलाई ४० हजार मुल्य बराबरको स्वीटर वितरण गरिएको उनले बताए

सहकारीको गोल्धाप सेवाकेन्द्रको सहजीकरणमा भएको सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेम न्यौपानेले सहकारीले सरस्वती माविलाई रोजेर जाडोको समयमा बालबालिकालाई स्वीटर वितरण गरेको भन्दै धन्यवाद दिए उनले सहकारीलाई आगामी दिनमा समेत सहयोग गरिदिन आग्रह गरे

कार्यक्रममा धौलागिरी पारिजात बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष किशोर भट्टराई, सञ्चालक खड्ग तामाङ, व्यवस्थापक मोहन पनेरु, गोल्धाप सेवा केन्द्र प्रमुख शर्मिला सिग्देललगायतको उपस्थिती रहेको थियो

सम्बन्धित समाचार