२०८३ बैशाख १९ गते , शनिबार
बैंक ग्यारेण्टी बुझाएर लामिछाने रिहा
झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने एक करोड धरौटी बुझाएर रिहा भएका छन्।
जिल्ला अदालत रूपन्देहीका तहसिलदार कुमार खतिवडाका अनुसार लामिछानेले बैंक ग्यारेन्टीमार्फत एक करोड रुपैयाँ धरौटी बुझाएका हुन् ।
बुटवलको सुप्रिम सहकारीमा रकम अपचलन गरेको आरोप लागेका रविलाई रुपन्देही जिल्ला अदालतले एक करोड धरौटी माग गरेको थियो । सोही अनुसार उनी आइतबार नै बैंक ग्यारेन्टीमार्फत एक करोड धरौटी बुझाएर रिहा भएका हुन् ।
आइतबार न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ अनुसार धरौटीको व्यवस्था गर्ने निर्णय सुनाएको हो ।
अदालतले उपलब्ध प्रमाणका आधारमा लामिछानेले आरोपित कसुर नगरेको विश्वास गर्नुपर्ने कुनै ठोस आधार नदेखिएको भन्दै धरौटी माग गरिएको आदेशमा उल्लेख छ ।