२०८३ बैशाख १९ गते , शनिबार

महोत्सवमा मौलिक चिनारी झल्कने दृष्य

sajilo news
परिवेश मिडिया
२०८१ माघ १३ गते , आईतबार
महोत्सवमा मौलिक चिनारी झल्कने दृष्य

झापा सामाजिक कार्यकर्ता रुपा राजवंशीराजवंशी समाज विकास समितिकी अगुवा कार्यकर्ता हुन् जातीय संस्कृति चिनारीलाई प्रवर्धन गर्न राजवंशी समाज विकास समिति मार्फत उनी क्रियाशील छिन् बिर्तामोड निवासी रुपा संगठनकी वडा संयोजक पनि हुन् आफ्नो जातिको संस्कृति मौलिक चिनारी लिएर उनी यतिवेला बिर्तामोडमा जारी अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा व्यस्त छिन्

तराईमा लोकप्रिय खाजा भाक्काको स्टल लिएर महोत्सवमा सहभागी उनले आफ्नो संस्थाको व्यानरलाई समेत चिनाउने प्रयत्न गरेकी छिन् महोत्सवमा आएका अवलोकनकर्ता ग्राहकलाई भक्का, वैगुन चप चिया बेचिरहेकी उनले हामीसंगको भेटमा भनिन् –‘यो हाम्रो मौलिक चिनारी हो त्यही भएर राजवंशी समाज विकास समितिको व्यानर राखेका हौं

अर्जुनधारा १० सालबारीकी स्वेता चौधरी घुँगी, भाक्का बगिना बेच्दै यो महोत्सवमा थारु कल्याणकारिणी सभालाई परिचित गराई रहेकी छन् मौलिक संस्कृति चिनारीलाई प्रवर्धन गर्न यस प्रकारका मेला महोत्सवले मद्दत पु¥याएको उनको बुझाई

मेलामा सहभागीले घुँगी बगिना अधिक रुचाएको स्वेताको भनाई ग्राहक उपभोक्ताले चिसो मौसममा यो परिकारको बढी माग गर्ने गरेको बताइन्छ उपभोक्ताहरुले माघ १९ गतेसम्म सञ्चालन हुने महोत्सवमा नेवारी लिम्बू परिकारका खाद्य सामग्री पनि स्वाद मानेर खाइरहेका छन्

उता मेचे सिवियारी आफातले आइतबार दिनभर मुख्य मञ्चबाट आफ्नो मौलिक सांस्कृतिक प्रस्तुति पस्किएको मेचे जाति झापाको पूर्वी भेगमा बसोवास गर्दै आएको नेपालको लोपोन्मुख जाती हो पछिल्लो राष्ट्रिय जनगणना अनुसार उनीहरुकोे कूल संख्या हजार एक सय ९३

विभिन्न जातजातिका अगुवाहरुले महोत्सव भित्र व्यवसायिक स्टलमार्फत मौलिक गरगहना अन्य उत्पादनका सामग्रीहरुलाई बेचबिखनका लागि सजाएर राखेका छन् महोत्सवको आयोजक बिर्तामोड उद्योग वाणिज्य संघले आदिवासी जनजातिहरुलाई १० वटा स्टल निःशुल्क उपलब्ध गराएको अध्यक्ष राजु न्यौपानेले बताएका छन्

नेपाल आदिवासी जनजाति महासंघको समन्वयमा उनीहरुले महोत्सव अवधिभर आफ्ना कला संस्कृतिहरु समेटिएका सांङ्गीतिक कोसेली राख्दै आएको आयोजकले जानकारी दिएको

गत माघ गतेदेखि शुरु भएको महोत्सवमा साना ठूला सवारी साधन,पाकिस्तानी छालाका सामग्री, पूर्वी पहाडका कृषि उपज, स्थानीय सहकारी महिला समूहका घरेलु उत्पादनदेखि जुम्लाको मार्सी डोल्पाको भीरमाहुरीको मह समेतले ग्राहकलाई आकर्षित गरेको

सम्बन्धित समाचार