२०८३ बैशाख १९ गते , शनिबार

ताप्लेजुङमा ‘नो केबलकार’ समूहका चार घाइते, तीन जनाको अवस्था गम्भीर

sajilo news
परिवेश मिडिया
२०८१ माघ १३ गते , आईतबार
ताप्लेजुङमा ‘नो केबलकार’ समूहका चार घाइते, तीन जनाको अवस्था गम्भीर

बिर्तामोड ताप्लेजुङको फुङलिङ नगरपालिका११ पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध गरिरहेको नो केबलकार समूहका चार जना घाइते भएका छन् प्रहरीसँगको झडपमा घाइते मध्ये तीन जनाको अवस्था गम्भीर भने एक जना सामान्य छन्

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी रवि रावलका अनुसार घाइते भएका मध्ये यामबहादुर लिम्बू, सगुन लावती धर्मान पालुङ्वाको अवस्था गम्भीर मंगल लावतीको अवस्था सामान्य , उनको जिल्ला अस्पतालमा उपचार भइरहेको

पाथीभरा क्षेत्रमा केबलकार निर्माण गर्न नदिन आन्दोलन गर्दै आएको समूहले केबलकार निर्माणको काम शुरु भएपछि आइतबारबाट आन्दोलन चर्काउने उद्धेश्यले शनिबार सो क्षेत्रमा पुगेका थिए आन्दोलन गर्ने खबर थाहा पाएपछि सशस्त्र नेपाल प्रहरी शनिबार नै सो क्षेत्रमा पुगेको थियो प्रहरीलाई देखेपछि प्रदर्शनकारीले ढुंगामुडा गर्दा झडप भएको प्रहरीले जनाएको झडपको क्रममा १२ जना प्रहरीपनि घाइते भएको बताइएको

शनिबार बेलुका करिब बजे पाथिभरा क्षेत्रको बलुडाडामा भएको झडपमा गम्भीर घाइतेहरुको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि विराटनगरस्थित विराट मेडिकल कलेज रेफर गरिएको

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आन्दोलनरत पक्षले बलुडाडाबाट गुलेली ढुंगा प्रहार गरेपछि सुरक्षाकर्मीले गोली चलाएको दाबी गरे

शनिबार दिउँसो पनि प्रहरी नो केबलकार पक्षबीच झडप भएको थियो झडपमा प्रहरीले १२ सेल अश्रुग्यास प्रहार गरेको थियो त्यो झडपमा पनि केही घाइते भएका थिए

ताप्लेजुङमा पाथीभरा जाने केबलकार निर्माणका लागि निर्माण कम्पनीले मंगलबारबाट काम सुरु गरेपछि तनावको अवस्था उत्पन्न भएको हो पहिचान पक्षधरले केबलकार निर्माण गर्दा पाथीभरा क्षेत्रको पहिचान मासिने भन्दैनो केबलकार आन्दोलन चलाइरहेका छन्

सम्बन्धित समाचार