२०८३ बैशाख १९ गते , शनिबार

नो केबलकार समूह र प्रहरी बिच झडप

sajilo news
परिवेश मिडिया
२०८१ माघ १२ गते , शनिबार
नो केबलकार समूह र प्रहरी बिच झडप

ताप्लेजुङ ताप्लेजुङ जिल्लाको पाथीभरा मन्दिरसम्म जाने केबलकारको विरोध गरिरहेको समूह प्रहरीबिच शनिबार झडप भएको झडप हुँदा जना घाइते भएका छन् काफ्लेपाटीभन्दा एक किलोमिटरमाथि रहेको बलुडाँडामा दुई पक्षबीच झडप भएको हो

झडपमा सशस्त्र प्रहरीका तीन जना घाइते भएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको यस्तै आन्दोलनरत पक्षका एक जनालाई प्रहरीको गोली लागेको आन्दोलनकारीले दाबी गरेका छन्

आन्दोलनकारीले हतियार लुकाएर राखेको सूचनापछि प्रहरी टोली खोजतलासमा गएको त्यही बेला आन्दोलनकारीले माथिबाट ढुंगा बर्साएर प्रहरीमाथि आक्रमण गरेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जनाए उनले आन्दोलनकारीबाट तीनवटा खुकुरी, गुलेली लगायत सामान बरामद गरेको पनि जानकारी दिए

माथिल्लो फेदी क्षेत्रमा बसेर उनीहरूले गलत हर्कत गरिरहेको सूचनाका आधारमा हाम्रो (एपीएफ) नेपाल प्रहरीको टोली अध्ययनका लागि गएको थियो,’ सशस्त्र प्रहरी नायव उपरीक्षक नरेश महर्जनले भने, ‘उनीहरूले माथिबाट आक्रमण गरेपछि हाम्रो टोलीले टियर ग्यास हानेको हो

सशस्त्रले गोली हानेको विशाल श्रेङको कपडा थोरै छाला छेडेर गएको आन्दोलनरत पक्षका श्री लिङ्खिमले दाबी गरे हामी भोलिदेखि गर्ने शान्तिपूर्ण आन्दोलनको प्लेकार्ड बनाउने लगायतका तयारी गरिरहेका थियौं, त्यही बेला आएको प्रहरी टोलीले प्लेकार्ड च्यात्ने, गाउँबाट आएकालाई लात्ताले हान्ने जस्ता हर्कत गरेपछि आमनेसामने भएको हो,’ श्रीले भने

केवलकार निर्माणको जिम्मा पाएको हिमालयन कन्ट्रक्सनका इन्द्र केदेमले १५ महिनाभित्र सक्ने गरी काम सुरु गरेको जनाएपछि निर्माण रोकेर नफर्किए हडताल लगायतका आन्दोलनमा उत्रने चेतावनी आन्दोलनरत समूहले विज्ञप्तिमार्फत दिएको थियो शनिबार बेलुका बजेपछिको अवस्था सामान्य रहेको प्रशासन कार्यालयले जनाएको आन्दोलनत पक्षले भने आन्दोलनका कार्यक्रम सुरु भएको जनाएको

सम्बन्धित समाचार