कमलमा गाउँपालिका अध्यक्ष राईसहित स्थानीय श्रमदानमा जुटे
हाल्दिबारी । झापाको कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईसहित स्थानीय युवाहरू श्रमदानमा जुटेका छन् । अध्यक्ष राईको अगुवाइमा सगुन युवा क्लबले सडकको बीचमा रोपिएको बिरुवा गोडमेल तथा संरक्षण कार्य अघि बढाएको हो ।
उनीहरूले आज पाडाजुङ्गी-गाैरिगञ्ज सडक खण्डअन्तर्गत पाडाजुङ्गीदेखि मङ्गलबारेसम्म डिभाइडर भित्र लगाएको बिरुवा गोडमेल तथा सरसफाई गरेका हुन ।
सडकको सौन्दर्यता बढाउनका लागि कमल गाउँपालिकाले सडक डिभाइडरमा एक सय विरुबा रोपि सकेको र त्यसलाई कृषि प्राविधिकहरुको सहयोगमा संरक्षण गर्ने कार्यलाई निरन्तरता दिइरहेको सगुन युवा क्लबका सचिव रोशन दाहालले बताए ।
गाउँपालिका अध्यक्ष राईले स्थानीयहरुलाई यो रोपिएको बिरुवा प्रति अपनत्व लिई आफ्नो घर अगाडि दैनिक पानी हाल्न र संरक्षणमा जुट्न अनुरोध समेत गरेका छन।
श्रमदानमा गाउँपालिका कृषि शाखा प्रमुख महेन्द्र बाेहाेरा, सगुन युवा क्लबका अध्यक्ष देवी आङ्दाम्बे, सचिव रोशन दाहाललगायत स्थानीयहरुको उपस्थिति रहेको थियो।