२०८३ बैशाख १९ गते , शनिबार
झापाका प्रहरी प्रमुख केसी सशस्त्र प्रहरीद्वारा सम्मानित
बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसी सम्मानित भएका छन् । एसपी केसीलाई सशस्त्र प्रहरी बल नेपालले सम्मान गरेको हो ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले केसीलाई मंगलबार काठमाण्डौमा सम्मान गरेका हुन् । २४ औं सशस्त्र प्रहरी दिवस २०८१ को अवसरमा सशस्त्र प्रहरी मुख्यालयमा आयोजित एक कार्यक्रमकाबीच एसपी केसीलाई आईजीपी अर्यालले सम्मान गरेका थिए ।
अर्यालले केसीलाई सम्मानस्वरुप ‘आइजी एपिएफ कम्मेन्डेसन’को प्रमाण पत्र प्रदान गरेका थिए ।
सशस्त्र प्रहरी बलले सम्पादन गर्ने जिम्मेवारी पूरा गर्न विभिन्न कोणबाट सहयोग, समन्वय र सहकार्य गरेकोमा उच्च मूल्यांकन गर्दै केसीलाई उक्त सम्मान गरिएको हो ।
एसपी केसी एक वर्षदेखि जिल्ला प्रहरी कार्यालय झापाको प्रमुखको रुपमा कार्यरत् छन् ।