२०८३ बैशाख १९ गते , शनिबार

पाथीभरामा केबुलकार निर्माण कार्य शुरु

sajilo news
परिवेश मिडिया
२०८१ माघ ८ गते , मंगलबार
पाथीभरामा केबुलकार निर्माण कार्य शुरु

झापा ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा देवी मन्दिरसम्म पुग्नेपाथीभरा देवी मुकुम्लुङ दर्शन केबुलकार परियोजना निर्माण मंगलबारदेखि सुरु भएको

हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले बटम स्टेसनबाट केबुलकार निर्माण कार्य सुरु भएको जानकारी दिए

जिल्लाका सबै राजनीतिक दल, सांसद्, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासी, सरकारी निकाय सहित सुरक्षा निकाय समेतको सहयोग समन्वयमा काम अघि बढेकाले निर्माणको अबको चरण द्रुत गतिमा अघि बढ्ने केदेमले बताए

केबुलकार कम्पनी सञ्चालक रुद्र पौडेलले पाथीभरा केबुलकार निर्माण भई सञ्चालनमा आउँदा ताप्लेजुङ जिल्लाको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा टेवा पुग्ने समग्र कोशी प्रदेशकै आर्थिक समृद्धिको कोशेढुंगा बन्ने बताए केबुलकार निर्माण कार्य द्रुत गतिमा अगाडि बढाइने उनको भनाइ

पौडेलका अनुसार आगामी १५ महिनाभित्र केबुलकार चढेर पाथीभरा देवी दर्शन गर्न सकिने केबुलकारले अशक्त वृद्धवृद्धा तथा बालबालिका लगायत भक्तजनलाई समेत पाथीभरा देवीको दर्शन गर्न सहज हुनेछ पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना, वातावरणीय सन्तुलन आर्थिक तथा सामाजिक विकासका लागि पाथीभरा केबुलकार उदाहरण बन्ने विश्वास

केबुलकार सञ्चालनमा आएपछि पाथीभरा देवी दर्शन गर्न आउने पर्यटक संख्या वार्षिक १० लाखसम्म पुग्ने पौडेलको भनाइ केबुलकार सञ्चालनले पाथीभरा देवी दर्शनको मौका सबैले सहजै प्राप्त गर्दा भक्तजन संख्या ह्वात्तै बढ्ने उनले बताए

साथै, केबुलकार परियोजनाले ताप्लेजुङलाई सुरक्षित, दिगो तथा विश्वस्तरीय पर्यटन उत्पादन सेवा सुविधा सहित अनुपम पर्यटन गन्तव्यका रूपमा स्थापित गराउन सहयोग पुग्ने उनले उल्लेख गरे

पाथीभरा केबुलकार सञ्चालन तथा व्यवस्थापन आईएमई ग्रुपले गरिरहेको आईएमईले केबुलकार निर्माण तथा सञ्चालनमा डेढ दशक लामो अनुभव हासिल गरिसकेको

काठमाण्डौ चन्द्रागिरीमा पहिलो केबुलकार निर्माण गरी काठमाण्डौमा नयाँ पर्यटन गन्तव्य बनाएको आईएमईले नवलपुरमा मौलाकाली बुटवलमा लुम्बिनी केबुलकार सञ्चालन गरिरहेको यी दुवै केबुलकार तोकिएको समयभन्दा अघि नै निर्माण सम्पन्न भई सञ्चालनमा आएका थिए त्यस्तै कर्णालीमा जालपादेवी केबुलकार निर्माणको काम तीव्र गतिमा अघि बढेको

अब पाथीभरा देवी दर्शन केबुलकारको काम छिटोभन्दा छिटो सकेर नेपालको पर्यटन बजारमा थपगेम चेन्जर परियोजना अघि बढाउने कार्यमा हातेमालो गर्न पनि आईएमई ग्रुपले आह्वान गरेको

सम्बन्धित समाचार