२०८३ बैशाख १९ गते , शनिबार

हल्दिबारीमा एकता अपाङ्गता मिलिजुली समुह गठन

sajilo news
अभिषेक खतिवडा
२०८१ माघ ७ गते , सोमबार
हल्दिबारीमा एकता अपाङ्गता मिलिजुली समुह गठन

हल्दिबारी हल्दिबारी वडा नं.३ मा अपाङ्गमैत्री समाज निर्माणका लागि वडा स्तरीयएकता अपाङ्गता मिलिजुली समुह गठन भएको आज वडा कार्यालयमा सम्पन्न भेलाले समूह गठन गरेको हो

भेलाले सुमित्रा गिरीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको समितिको उपाध्यक्षमा अशोक आचार्य, सचिवमा डम्बर भट्टराई, सहसचिवमा विवेक खतिवडा कोषाध्यक्षमा प्रेमकुमारी गिरी चयन भएका छन्

सदस्यहरुमा धनराज निरौला, आशा लिम्बु, विन्दा गिरी, रिधिमा कार्की, पुष्पकला गिरी वन, हरिमाया मिश्र, तेजकुमारी गिरी सुन्दरकुमार दर्नाल चयन भएका छन्

कार्यक्रममा वडाध्यक्ष बिष्णु ओली वडा सदस्य अजित बिष्टले शुभकामना मन्तव्य राख्दै शारीरिक रुपमा अशक्त कमजोरी रहेका वडावासीलाई वडाले आवश्यक सहजीकरण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन

वडा अध्यक्ष बिष्णु प्रसाद ओलीको संयोजकत्वमा सम्पन्न कार्यक्रममा वडा सदस्य अजित बिष्ट, वडा सदस्य शर्मिला विश्वकर्मा, वडा सचिव राजन खतिवडा, महिला तथा बालबालिका शाखा प्रमुख तृष्णा थापा मगर, करुणा फाउण्डेशन नेपालका प्रतिनिधि अनुष्का केसी, सिविआर सहजकर्ता बलराम सन्यासी, ढडुवा युवा क्लबका अध्यक्ष कुलप्रसाद न्यौपाने लगायतको उपस्थिति रहेको थियो

 

सम्बन्धित समाचार