हल्दिबारी-बाह्रदशी प्रेस क्लब गठन
हल्दीबारी । झापाका दुई पालिकाका सक्रिय पत्रकारहरुको भेलाले 'हल्दिबारी-बाह्रदशी प्रेस क्लब' गठन गरेको छ ।
हल्दिबारी प्रेस क्लबको आयोजनामा भएको सयुक्त भेलाले हल्दिबारी प्रेस क्लब बिघठन गर्दै नयाँ क्लब गठन गरेको हो ।
हल्दिबारी गाउँपालिका २ भेलागढी लोकतान्त्रिक पार्कमा भएको भेलाले दुबै पालिकाका पत्रकारहरुको छाता संगठन हल्दिबारी-बाह्रदशी प्रेस क्लब गठन गरिएको क्लबका महासचिव हैकम घिसिङले जानकारी दिए ।
नव गठित क्लबको कार्यसमिति यस प्रकार रहेको छ ।
समितिको अध्यक्षमा नेत्र बिक्रम बिमली हल्दिबारी, उपाध्यक्षमा अभिषेख धमला (प्रीतम) बाह्रदशी, महासचिवमा हैकम घिसिङ हल्दिबारी, सचिवमा मनोज तिवारी (दर्पण) बाह्रदशी र कोषाध्यक्षमा शान्ता शिवाकोटी हल्दिबारी चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा जनक राजवंशी, टिकारम बास्तोला, राजेश आचार्य र असफाक आलम चयन भएको सचिव तिवारीले जानकारी दिए ।
त्यसैगरी सल्लाहकार समितिमा लेखनाथ शिवाकोटी (पर्देशी), सुरेन्द्र भण्डारी र याम दंगाल रहेका छन्। त्यस्तै लेखा समितिमा अभिषेक खतिवडा, जनक राउत र हेमन्त मैनाली लाई चयन गरिएको छ ।