२०८३ बैशाख १७ गते , विहीबार

चर्च ब्वाइज युनाइटेड झापा कपको सेमिफाइनलमा प्रवेश

sajilo news
परिवेश मिडिया
२०८१ पौष ३ गते , बुधबार
चर्च ब्वाइज युनाइटेड झापा कपको सेमिफाइनलमा प्रवेश

बिर्तामोड डोमालाल रंगशालामा गत वर्ष भएको झापा गोल्डकप विजेता चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो

चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड डिकाले गोल गरे खेलको २९औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो

गोर्खा ब्वाइजका डिफेन्डरले क्लियर गरेको गोललाई दिपेश गुरुङले गोल गर्न सफल भए गोलरक्षक अगाडि बढेको समयमा २५ यार्डबाट गुरुङले गरेको प्रहार गोलमा परिणत भएको थियो

४०औँ मिनेटमा चर्च ब्वाइजले अग्रता दोब्बर बनायो समिर तामाङको कर्नर प्रहारलाई चर्चका विदेशी खेलाडी आर्मन्डले हेडमार्फत गोल गर्दै अग्रता दोब्बर बनाए पहिलो हाफको थपिएको समयमा चर्चले गोल थपे कमल श्रेष्ठको फ्रिकिक प्रहारमा अर्का विदेशी खेलाडी डिकाले गोल गर्दै टिमको जित सुनिश्चित गरे

खेलको अधिकांश समय बल नियन्त्रण गर्न सफल चर्चले गोल गर्ने थप असवर सदुपयोग गर्न सकेन ३२औँ मिनेटमा चर्चका समिर तामाङले गरेको हेडर बार नजिकैबाट बाहिरियो ४७औँ मिनेटमा विदेशी खेलाडी अबयोमीले वान भर्सेस वानको अवस्थामा गोल गर्न सकेनन् खेलको अतिरिक्त समयमा सनम भुजेलले गरेको कडा प्रहार गोल बारमा लागेर फर्कियो

गोर्खा ब्वाइजले ६५औँ मिनेटमा पाएको अवसर गुमायो सुजित बुढाथोकीले प्रहार गरेको लङ रेन्जर सट बाहिरियो ८२औँ मिनेटमा विदेशी खेलाडी रिचार्डले गरेको प्रहार फ्रेममा पर्न सकेन

तीनजना विदेशी खेलाडी लिएर मैदानमा उत्रिएको गोर्खा ब्वाइजले अपेक्षित प्रदर्शन गर्न सकेन गोर्खा ब्वाइजका अधिकांश खेलाडीले खेल अवधिभर बल कन्ट्रोल गर्न सकेनन् गोर्खा ब्वाइजको स्ट्राइकिङ लाइन फितलो देखिएको थियो खेलाडीबीच तालमेल नमिल्दा गोर्खा ब्वाइज पहिलो खेलमै पराजित भएर घर फर्किएको

खेलको प्लेयर अफ म्याच विजेता चर्च ब्वाइजका डिका भए उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए

बिहीबारको खेल एनआरटी क्लब काठमाण्डौ काठमााडौको जिल्ला लिग विजेता चित्लाङ फुटबल क्लबबीच हुने आयोजकले जनाएको

प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपविजेताले नगद लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए प्रतियोगिताको फाइनल खेल पुस गते हुनेछ

सम्बन्धित समाचार