२०८१ चैत्र ८ गते , शुक्रबार

भारतको मणिपुरमा फेरी साम्प्रदायिक हिंसा

sajilo news
परिवेश मिडिया
२०८१ मंसीर ३ गते , सोमबार
भारतको मणिपुरमा फेरी साम्प्रदायिक हिंसा

एजेन्सी भारतको उत्तरपूर्वी राज्य मणिपुरमा फेरी साम्प्रदायिक हिंसा भएको वटा महिला बालबालिकाका शव भेटिएपछि  साम्प्रदायिक हिंसा मच्चिएको हो

शव भेटिएका मानिसहरू मैतेई समुदायका भएको अधिकारीहरूले बताएका छन् मैतेई समूहका अगुवाहरूले अल्पसंख्यक कुकी समूहका मानिसले अपहरणपछि आफ्ना समुदायका मानिसको हत्या गरेको आरोप लगाएका छन् तर प्रहरीले भने त्यसको हालसम्म पुष्टि नगरेको भारतीय सञ्चार माध्मयहरूले जनाएका छन्

घटनासँगै हिंसात्मक विरोध प्रदर्शनहरू भएका छन् प्रहरीले पछिल्लो हिंसासँग सम्बन्धित २३ जनालाई पक्राउ गरेको जनाएको अधिकारीहरूले मैतेईको धेरै प्रभाव रहेका स्थानमा इन्टरनेट सेवा बन्द गरिएको अनिश्चितकालिन कर्फ्यु लगाइएको जनाएका छन्

प्रदर्शनकारीहरूले शनिवार केही विधायकहरूको घर कार्यालयमा तोडफोड आगजनी गरेको जनाइएको त्यस्तो तोडफोडका धेरैजसो निसाना सत्तारुढ भारतीय जनता पार्टी भाजपाका विधायकका घरहरू थिए

स्थिति अशान्त भएपछि संघीय सरकारले उच्च सुरक्षा अधिकारीहरूलाई मणिपुर पठाएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् कन्द्रीय गृहमन्त्री अमित शाहले आइतवार मणिपुरको अवस्थालाई लिएर उच्चस्तरीय सुरक्षा बैठक बोलाएका छन्

कुकी मैतेई समुदायबीच करिब दुई साताअघि चर्केको हिंसामा कम्तीमा २० जनाको ज्यान गइसकेको कुकी समुदायकी भनिएकी एक महिलाको सशस्त्र समूहका सदस्यले बलात्कार गरेको आगो लगाइदिएको भन्ने आरोपपछि नोभेम्बर मा तनाव सुरु भएको थियो

त्यसको चार दिनपछि एउटा प्रहरी चौकी मैतेई शरणार्थीहरू रहेको राहत शिविरमा आक्रमण भएको थियो ती घटनामा कुकी समूहको हात रहेको आरोप लगाइएको प्रहरीले त्यही दिन १० संदिग्ध लडाकुलाई गोली प्रहार गरेर मारेको थियो प्रहरीले मारिनेहरू कुकी लडाकु भएको आशंका गरेको तर कुकी संगठनहरूले त्यसलाई अस्वीकार गरेका छन्

दुई जातीय समूहहरूबीच सन् २०२३ को मेमा भएको हिंसाका कारण मणिपुरमा सयजनाको ज्यान गएको थियो भने हजारौं मानिसहरू विस्थापित भएका थिए मैतेईले आफूहरूलाई आधिकारिक रूपमा जातीय हैसियत दिनुपर्ने माग गरेपछि कुकी समुदाय प्रदर्शनमा उत्रेको थियो

सम्बन्धित समाचार