२०८१ आश्विन २४ गते , विहीबार
गर्मीका कारण विद्यालय बन्द गर्दै पालिका
बिर्तामोड । पछिल्लो केहि दिनदेखि बढेको गर्मीका कारण पालिकाहरुले विद्यालय बन्द गर्न थालेका छन् । गर्मीका कारण बालबालिकामा स्वास्थ्य समस्या देखिएको भन्दै वीरगंज महानगरपालिका र मोरङको ग्रामथान गाउँपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।
अत्यधिक गर्मीको कारणले बालबालिकाको स्वास्थ्यमा परेको प्रतिकुल असरलाई ध्यानमा राख्दै वीरगंज महानगरले सामुदायिक तथा संस्थागत विद्यालय दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । महानगरपालिकाले असोज ८ र ९ गते सबै विद्यालयहरु बन्द गर्न निर्देशन दिएको हो ।
यता मोरङको ग्रामथान गाउँपालिकालेपनि गर्मीका कारण विद्यार्थीहरुको आवागमन तथा पठनपाठन र स्वास्थ्यमा समेत समस्या सिर्जना हुन थालेको भन्दै मंगलबार (८ गते) एक दिनका लागि संस्थागत तथा सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।