२०८१ आश्विन २४ गते , विहीबार

मेची भन्सारले उठायो २ महिनामा २ अर्ब ४२ करोड बढी राजश्व

sajilo news
परिवेश मिडिया
२०८१ आश्विन ५ गते , शनिबार
मेची भन्सारले उठायो २ महिनामा २ अर्ब ४२ करोड बढी राजश्व

काँकरभिट्टा । झापाको मेचीनगरस्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा दुई अर्ब ४२ करोड ९ लाख ९ हजार राजस्व सङ्कलन गरेको छ । उक्त राजस्व रकम कार्यालयको वार्षिक लक्ष्यको १३.९६ प्रतिशत हो ।

चालु आवमा कार्यालयले १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार रुपैँया राजस्व सङ्कल गर्ने लक्ष्य राखेको भन्सार अधिकृत एवं सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए । उनका अनुसार गत साउन र भदौमा सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयातबाट एक अर्ब ३८ करोड ३९ लाख चार हजार राजस्व सङ्कलन भएको थियो ।

कार्यालयले गत आव २०८०/८१ मा १८ अर्ब २५ करोड ७८ लाख ६८ हजारको लक्ष्य राखकोमा लक्ष्यको ७८ दशमलव चार प्रतिशत राजस्व सङ्कलन गरेको थियो । चालु आवमा गत आवको भन्दा ९१ करोड ३२ लाख ४३ हजारले राजस्वको लक्ष्य घटाएको छ ।

सम्बन्धित समाचार