२०८१ चैत्र ८ गते , शुक्रबार

अमेरिकामा भोजपुरकी मुना पाण्डेको हत्या

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र १२ गते , बुधबार
अमेरिकामा भोजपुरकी मुना पाण्डेको हत्या

टेक्सस (अमेरिका)  अमेरिकाको टेक्ससस्थित ह्युस्टन शहरमा अध्ययनरत एक नेपाली छात्राको गोली हानेर हत्या भएको

भोजपुर घर भएकी करिब २१ वर्षीया मुना पाण्डे ह्युस्टनको हिलक्रप्ट नजिकैको अपार्टमेन्टमा गोली लागेर हत्या भएको पाइएको नेपाली एसोसिएसन अफ ह्युस्टनका उपाध्यक्ष द्रोण गौतमले बताएका छन् उनका अनुसार मुनाको छातीमा गोली लागेको पाइएको

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको

मृतक एफ वान भिसामा  ‘इन्टरनेसनल स्टुडेण्टको रुपमा सन् २०२१ मा अमेरिका आएको जानकारी प्राप्त भएको उनी ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन्

अपार्टमेण्टका कर्मचारीहरुका अनुसार सोमबार अपराह्न अज्ञात व्यक्तिले फोन गरेर कोठाभित्र लास भएको जानकारी दिएको थियो त्यसपछि अपार्टमेण्टका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए प्रहरीले अपार्टमेण्टको कोठामा गोली लागेर मृत अवस्थामा रहेकी मुनालाई फेला पारेको थियो

मुनाका साथीहरुका अनुसार उनको फोन दुई दिनदेखि स्वीच्डअफ थियो तर उनको फोन भने फेला परेको छैन

नेपालमा रहेका उनकी आमा अनिता पाण्डे अधिकारीलाई घटनाका बारेमा खबर गरिसकिएको नेपाली एसोसिएसन अफ ह्युस्टनका उपाध्यक्ष गौतमले बताएका छन् मुना परिवारकी एक्ली सन्तान भएको बताइएको

हालैमात्र दीपक वलीको पनि गोलीबाट मृत्यु भएको थियो

सम्बन्धित समाचार