२०८१ चैत्र ८ गते , शुक्रबार
अवैधरुपमा अमेरिका हिडेका १७६ नेपाली ब्राजिलमा अलपत्र

एजेन्सी । ब्राजिलको साउपाउलोस्थित विमानस्थलमा १७६ जना नेपाली अलपत्र परेका छन् ।
ब्राजिलस्थित नेपाली दूतावासले साउपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा नेपालीसहित करिब ७०० विदेशीहरू रोकिएको जनाएको छ ।
विमानस्थलमा अलपत्र परेका १७६ नेपालीहरु भने सकुशल रहेको दूतावासले जनाएको छ ।
मंगलबार दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ट्रान्जिटमा रहेका सबै १७६ जना नेपाली नागरिक सकुशल छन् र आवश्यकता अनुसार उनीहरूलाई मानवीय सहायता पुर्याउन दूतावास तयारी अवस्थामा छ ।’