२०८२ जेष्ठ १२ गते , आईतबार

नरबहादुर प्रतिष्ठान र प्रशिक्षक कर्मचारीबिच सहमति

sajilo news
परिवेश मिडिया
२०८१ श्रावण ६ गते , आईतबार
नरबहादुर प्रतिष्ठान र प्रशिक्षक कर्मचारीबिच सहमति

बिर्तामोड झापाको बिर्तामोड नगरपालिका वडा नम्बर स्थित नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानका सञ्चालक प्रशिक्षक तथा कर्मचारीबिच सहमति भएको

आइतबार प्रतिष्ठानका सञ्चालक आन्दोलनरत प्रशिक्षक तथा कर्मचारीहरु बिच बुँदे सहमति भएको हो सहमति पश्चात प्रतिष्ठानमा देखिएको गतिरोध अन्त्य भएको प्रतिष्ठानका अध्यक्ष ज्योतिसिंह दर्लामीले जानकारी दिए

उनीहरु बिच हालसम्म प्रशिक्षक तथा कर्मचारीले असार मसान्तसम्म पाउनुपर्ने भुक्तानी साउन १६ गतेसम्म भुक्तानी दिने, प्रतिष्ठान प्रशिक्षक तथा कर्मचारीबिच गत जेठ २७ गते भएको सम्झौता बिनाशर्त पूणर्रुपमा कार्यान्वयन गर्ने, प्रशिक्षक तथा कर्मचारीहरुले प्रतिष्ठानको आचारसंहिता भित्र रहि नियमित रुपमा शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्ने लगायत सहमति भएको हो

सहमति पत्रमा प्रतिष्ठानका तर्फबाट अध्यक्ष दर्लामी सहसचिव शिवकुमार राजभण्डारी तथा प्रशिक्षक/कर्मचारीको तर्फबाट नविनकिशोर विमली, सुधिरकुमार दास पवनकुमार भट्टराई लगायतले हस्ताक्षर गरेका छन्

सम्बन्धित समाचार