२०८१ चैत्र ८ गते , शुक्रबार

बिर्तासिटीमा हिपको जोर्नीको सफल प्रत्यारोपण

sajilo news
परिवेश मिडिया
२०८१ असार २९ गते , शनिबार
बिर्तासिटीमा हिपको जोर्नीको सफल प्रत्यारोपण

बिर्तामोड झापाको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा एकजना बिरामीको हिप फेर्ने शल्यक्रिया (हिपको प्रतिस्थापन) गरिएको यो शल्यक्रिया चिकित्सा क्षेत्रमा दुर्लभ मानिन्छ

हाडजोर्नी शल्यक्रियामध्ये सबैभन्दा जटिल मानिने हिप ट्रान्सप्लान्ट सफलतापूर्वक सम्पन्न गरिएको शल्यक्रियामा संलग्न डक्टर रुपेशजंग बेल्वासेले जानकारी दिए

झापा गौरादह स्कुलचौनका ६१ वर्षीय यमनाथ संग्रौलाको हिपको जोर्नीको प्रतिस्थापन गरिएको हो करिब घण्टा लामो शल्यक्रियापश्चात संग्रौलाको खिइएको हिप फेरिएको हो

वंशाणुगत समस्याका कारण संग्रौलाको हड्डी खिइँदै गएको अत्यधिक दुखाइका कारण हिँडडुलमा कठिनाई हुँदै आएको थियो

दक्ष चिकित्सकको टिम तथा आधुनिक प्रविधिबाट उनको शल्यक्रिया गरिएको अस्पतालले जनाएको बिर्तासिटीमै यस्तो शल्यक्रिया हुन थालेपछि बिरामीले अन्यत्र जानुपर्ने बाध्यता हटेको डाक्टर बेल्वासेले बताए

संगौलाको शल्यक्रियामा डा. बेल्वासेसँगै डा. कुमुदकुमार लिम्बू, डा. प्रतिक चौधरी लगायत संलग्न रहेका थिए

हाड जोर्नी प्रत्यारोपण तथा दूरबिन प्रविधिबाट नशा रोगको उपचार गर्ने नेपाल मेडिकल काउन्सिलबाट मान्यता प्राप्त नेपालकै पहिलो विशेषज्ञ डाक्टर हुन् बेलवासे

सम्बन्धित समाचार