२०८१ माघ २९ गते , मंगलबार

अर्जुनधाराका अंग्रेजी शिक्षकहरुको सम्मेलन सम्पन्न, बिषयगत समिति गठन

sajilo news
परिवेश मिडिया
२०८१ असार २० गते , विहीबार
अर्जुनधाराका अंग्रेजी शिक्षकहरुको सम्मेलन सम्पन्न, बिषयगत समिति गठन

अर्जुनधारा अर्जुनधारा नगरपालिका क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा अध्यापन गराउने अङ्ग्रेजी शिक्षकहरूको दुई दिने सम्मेलन बुधबार सम्पन्न भएको अङ्ग्रेजी विषयगत समिति गठन गर्दै सम्मेलन सम्पन्न भएको हो

समितिमा संगीता खरेल डाँगी ,रामचन्द्र आचार्य ,ओम आचार्य, मिनीता काफ्ले, भद्र घिमिरे, प्रीतिका परियार धरणीप्रसाद सुवेदी रहेका छन् नगरपालिका क्षेत्रमा अङ्ग्रेजी विषय शिक्षणमा आइपर्ने समस्याहरू समाधान गर्ने, अंग्रेजी शिक्षकहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने साथै नगरपालिकाको सहकार्यमा विभिन्न किसिमका तालिम तथा प्रशिक्षणहरू सञ्चालन गर्ने उद्देश्यका साथ  नगरस्तरीय अंग्रेजी विषय शिक्षक सञ्जाल गठन गरिएको नगर शिक्षा अधिकृत सुनिता भट्टराईले जानकारी दिइन्

नगरमा पहिलोपटक अङ्ग्रेजी भाषा शिक्षणमा देखापरेका समसामयिक समस्याहरू त्यसलाई समाधान गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको अर्जुनधारा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका उपसचिव तोयानाथ रेग्मीले बताए उपसचिव रेग्मीका अनुसार दुई दिने सम्मेलन अत्यन्त फलदायी भएको आगामी दिनमा समेत यस प्रकृतिका सम्मेलन तथा विषयगत गोष्ठीहरू नियमित रुपमा सञ्चालन गरिने उनको भनाइ थियो

सम्मेलनको समापन समारोहमा नवगठित अङ्ग्रेजी विषय समितिले हरेक विद्यालयमा अङ्ग्रेजी विषय समिति गठन गर्ने सोको जानकारी नगरस्तरीय विषयगत समितिलाई गराउने जानकारी दिएको थियो समापन समारोहलाई सम्बोधन गर्दै नेल्टा कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष धर्मेन्द्र भट्टराईले शिक्षकहरूको पेशागत अभिवृद्धि तथा गुणस्तरीय शिक्षा प्रदान गर्न नेल्टासँग आवश्यक विज्ञता तथा विज्ञ प्रशिक्षकहरू रहेको जानकारी गराउँदै नगरपालिकाले चाहेमा त्यस्ता सेवाहरू उपलब्ध गराउने जानकारी दिए शिक्षा युवा तथा खेलकुद शाखाकी अधिकृत सुनिता भट्टराईले नगरपालिकाले शिक्षकहरू को गुणस्तर अभिवृद्धि गर्ने कुरामा कुनै पनि कसुर बाँकी नराख्ने तर शिक्षकहरूमा समेत जागरुकता क्रियाशीलता हुनुपर्नेमा जोड दिइन्

नेल्टा झापाका अध्यक्ष प्रकाश पराजुलीको अध्यक्षतामा सम्पन्न सम्मेलन शिक्षा युवा तथा खेलकुद शाखाको सहयोगमा सम्पन्न भएको थियो सम्मेलनमा वरिष्ठ प्रशिक्षक रुद्रबहादुर थापा, जेनी राई, डा. भीक्टोर जोसेफ, धर्मेन्द्र भट्टराई, टिकाप्रसाद सुवेदी टेकनाथ शर्मा वाग्लेले प्रशिक्षण दिएका थिए

सम्बन्धित समाचार