जिल्ला ट्राफिक झापाको राजश्व संकलनमा वृद्धि

बिर्तामोड । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको राजश्व संकलनमा वृद्धि भएको छ । चालु आवको माघ मसान्तसम्ममा कार्यालयले २ करोड २ लाख ६ हजार पाँच सय रुपैँया राजश्व संकलन गरेको छ ।
गत आवको सोहि अवधिमा कार्यालयले १ करोड ७६ लाख २३ हजार रुपैँया राजश्व संकलन गरेको थियो । चालु आवको राजश्व रकम गत आवको सो अवधिमा भन्दा २५ लाख ८३ हजार पाँच सय रुपैँयाले बढी हो ।
कार्यालयले सबै भन्दा बढी पुष महिनामा ३५ लाख ७७ हजार राजश्व संकलन गरेको प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले जानकारी दिए । कायालयले ५ हजार एक सय सवारी कारबाहीबाट उक्त राजश्व संकलन गरेको जनाएको छ । साउन महिनामा सबै भन्दा कम २२ लाख ९१ हजार रुपैँया राजश्व र कारबाही संख्या ३ हजार एक सय पचास रहेको प्रसनि खड्काले बताए । उनका अनुसार सबैभन्दा धेरै मोटरसाइकल चालक कारबाहीमा पर्ने गरेको छ । माघ मसान्तसम्ममा ९ हजार एक सय बयानब्बे जना मोटरसाइकल चालक कारबाहीमा परेका छन् ।