२०८३ बैशाख १९ गते , शनिबार

सडक क्षेत्र खाली गर्न बिर्तामोडको तीन दिने सुचना

sajilo news
परिवेश मिडिया
२०७९ पौष १ गते , शुक्रबार
सडक क्षेत्र खाली गर्न बिर्तामोडको तीन दिने सुचना

बिर्तामोड । बिर्तामोड नगरपालिकाले सार्वजनिक सडकको क्षेत्र खाली गर्न आव्हान गरेको छ । आज सूचना जारी गर्दै नगरपालिकाले वडा नम्बर ३ स्थित सैनिकमोड चौकदेखि पूर्व मेची आँखा अस्पतालसम्मको भागमा सडकको क्षेत्र खाली गर्न आव्हान गरेको हो ।
नगरपालिकाले सडकको केन्द्रबाट १५ मिटर सडक र ६ मिटर सेटव्याक सहित  दायाँबायाँ २१ मिटर क्षेत्रभित्रका संरचना ३ दिनभित्रमा हटाउनु पर्ने सूचनामा उल्लेख गरेको छ । यस क्षेत्रमा अव्यवस्थित तरिकाले टहरा, घुम्ती, छाप्रा आदि निर्माण गरी सार्वजनिक सडकको क्षेत्रसमेत अतिक्रमण गरि बसोबास गरिरहेको पाइएकाले त्यस प्रकारका कार्य तुरुन्त बन्द गरी निर्माण गरिएका संरचना हटाएर खाली गर्नु पर्ने नगरपालिकाले जनाएको हो ।
सूचना प्रकाशित मितिले ३ दिन भित्रमा भौतिक संरचनाहरु नहटाए नगरपालिका आफैँले त्यस्ता संरचना हटाउने र हटाउँदा लाग्ने खर्च समेत सम्बन्धित व्यक्तिबाट नै असुल उपर गरिने सूचनामा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार