२०८३ बैशाख १८ गते , शुक्रबार
प्रसाई मार्केटमा आगलागी, करिब ५ करोडको क्षति
बिर्तामोड । बिर्तामोडको दुर्गामन्दिर उत्तरमा रहेको प्रसाई मार्केटमा आगलागी भएको छ । आगलागीबाट करिब ५ करोडको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
मंगलबार विहान ८ः३० बजे राजु वंशलले सञ्चालन गरेको बंशल रेडिमेड कपडा पसलमा आगलागी भएको थियो । दमक, मेचीनगर, बिर्तामोड, कनकाई र भद्रपुरको वारुणयन्त्र, नेपाल प्रहरी, नेपाली सेना र सर्वसाधारणको सहयोगमा करिब १ घण्टापछि आगो पूर्ण रुपमा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डीएसपी रुगमबहादुर कुँवरले जानकारी दिए । विद्युत सर्ट भइ आगलागी भएको अनुमान गरिएको छ ।