२०८३ बैशाख १८ गते , शुक्रबार

ओलीको ‘र्याप गीत’ एलओडीबाट सार्वजनिक

sajilo news
परिवेश मिडिया
२०७९ कार्तिक २६ गते , शनिबार
ओलीको ‘र्याप गीत’ एलओडीबाट सार्वजनिक

काठमाण्डौ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा बनाइएको चुनाव लक्षित र्याप गीत शुक्रबार मध्यरात सार्वजनिक भएको अध्यक्ष ओलीले शुक्रबार मध्यराती ठमेलस्थित नाइटक्लब लर्ड अफ ड्रिंक्स (एलओडी) पुगेर उक्त गीत सार्वजनिक गरेका हुन्

युट्युबमा भने उक्त गीत एक हप्ता हप्ताअघि नै सार्वजनिक गरिएको थियो अध्यक्ष ओलीले युवाहरूमाझ लोकप्रिय रहेको र्याप गीत सार्वजनिक गर्न आफू एलओडी पुगेको उल्लेख गर्दै फेसबुकमा तस्बिरहरू पोस्ट गरेका छन्

सहर सहरमा ओली नाम दिइएको उक्त गीतमा ओलीले नागरिकता विधेयकमा अडान लिइएको, अतिक्रमित भूभाग नक्सामा राखेको, राष्ट्रवादी नेता भएको लगायतका विषय समेटिएको

पहिलेपहिले प्रायजसो लोकदोहोरी गीतमा चुनावी प्रचारप्रसार हुने गरे पनि पछिल्लो पटक भने दलहरूले युवाहरूमाझ लोकप्रिय रहेका विधामा पनि गीतहरू बनाउन थालेका छन् शुक्रबार नैकेपी बा नाम दिइएको अर्को र्याप गीत पनि सार्वजनिक भएको थियो

यसअघि नेकपा माओवादी केन्द्रले पनि अध्यक्ष पुष्पकमल दाहालमाथि केन्द्रित रहेर र्याप गीत सार्वजनिक गरेको थियो त्यस्तै शुक्रबार नै उसले चुनावीरक गीत सार्वजनिक गरेको

सम्बन्धित समाचार