२०८३ बैशाख १८ गते , शुक्रबार

डोटीमा भूकम्पका कारण मृत्यु हुनेको संख्या ६ पुग्यो

sajilo news
परिवेश मिडिया
२०७९ कार्तिक २३ गते , बुधबार
डोटीमा भूकम्पका कारण मृत्यु हुनेको संख्या ६ पुग्यो

धनगढी डोटीमा भूकम्पले घर भत्काउँदा ज्यान गुमाउनेको संख्या पुगेको

मंगलबार मध्यराति गएको भूकम्पले घर भत्किँदा पूर्वी चौकी गाउँपालिका को ठाडा गाउँका जनाको मृत्यु भएको डोटीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भोलाप्रसाद भट्टले बताए

डीएसपी भट्टका अनुसार ठाडा गाउँकी ३८ वर्षीया भगवती बोहरा, उनकी १३ वर्षीया छोरी सीता बोहरा वर्षीय छोरा हर्क बोहराको मृत्यु भएको

यस्तै सोही ठाउँका ४५ वर्षीय प्रेम बोहरा, उनकी १२ वर्षीया छोरी तुलसी बोहरा राति बोहराकै घरमा सुतेकी स्थानीय महाविर बोहराकी १७ वर्षीया छोरी धनसरीको पनि घरमा पुरिएर मृत्यु भएको  डीएसपी भट्टले बताए 

उनीहरु जनाकै शव निकालिएको प्रहरीले जनाएको

भूकम्पले सोही वडाका पाँच जना घाइते भएका छन् घाइते हुनेमा ४५ वर्षीय महाविर बोहरा, ४० वर्षीय इन्नरी बोहरा, ४५ वर्षीया बिस्नादेवी बोहरा, ४६वर्षीय चनादेवी बोहरा ११ वर्षीया धौली बोहरा छन्

उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक भट्टले जानकारी दिए भूकम्पले ठाडागाउँका वटा घर भत्काएको भने जिल्लाका अन्य स्थानमा पनि भौतिक क्षति भए पनि मानवीय क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको

बुुधबार साँझ बजेर मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर दशमलव म्याग्नीच्यूडको भूकम्प गएको थियो भने मध्यराति बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज नै केन्द्रबिन्दु बनाएर दशमलव म्याग्निच्यूडको भूकम्प गएको थियो

सम्बन्धित समाचार