२०८३ बैशाख १८ गते , शुक्रबार

बुधबारे जेसिजद्वारा मानव बेचबिखनबिरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न

sajilo news
परिवेश मिडिया
२०७९ कार्तिक ६ गते , आईतबार
बुधबारे जेसिजद्वारा मानव बेचबिखनबिरुद्ध जनचेतनामूलक कार्यक्रम  सम्पन्न

बिर्तामोड । ‘जन्मदिन खासदिन कार्यक्रम’ अन्तर्गत बुधबारे जेसीजले आज नेपाल-भारत सीमा काँकरभिट्टामा सचेतना कार्यक्रम गरेको छ । बुधबारे जेसीजका सदस्य रोसन भट्टराई र कुशल अधिकारीको जन्मदिनको अवसरमा शनिबार मानव बेचबिखन विरुद्ध सचेतना कार्यक्रम गरिएको थियो ।
बुधबारे जेसीजका अध्यक्ष मुकेश भट्टराईको अध्यक्षता, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष कुमार साँवाको प्रमुख आतिथ्यता, माइती नेपालका क्षेत्रीय प्रमुख गोविन्द घिमिरे, विश्वसेवा विस्तार संस्थाकी जनसम्पर्क अधिकारी अनिता गुरागाई, आफन्त नेपाल संस्थाका अध्यक्ष सरोज गुरुङ, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख ज्ञानकुमार महतो महिला सेलकी प्रमुख मिलन राई लगायतको आतिथ्यतामा भएको कार्यक्रममा जनचेतना मुलक पर्चा समेत वितरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख महतोले बुधबारे जेसीजले गरेको कार्यक्रमको प्रशंसा गरेका थिए । नेपाल प्रहरी लगायत अन्य ७ वटा संस्थाले सक्रिय रुपमा बोर्डरमा खटेर मानवबेचबिखन विरुद्ध विभिन्न कार्यक्रम गरिरहेको अवस्थामा बुधबारे जेसीजले पनि मानवबेचबिखन नियन्त्रण गर्न कार्यक्रमको आयोजना गरेकोमा महतोले धन्यवाद ज्ञापन गरे ।
त्यस्तै कार्यक्रममा बोल्दै नेपाल जेसीज २०२२ का राष्ट्रिय उपाध्यक्ष कुमार साँवाले बुधबारे जेसीजले सक्रिय रुपमा सामाजिक कार्यमा लागि परेकोमा खुशी व्यक्त गर्दै यस्तो कार्यक्रमलाई निरन्तरता दिन अनुरोध गरेका छन् ।
यता बुधबारे जेसीजका अध्यक्ष मुकेश भट्टराईले कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि मानवबेचबिखन विरुद्ध बुधबारे जेसीजको अभियान निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा नेपाली, अंग्रेजी, हिन्दी र बंगाली भाषामा मानवबेचबिखन विरुद्ध लेखिएको व्यानर पनि प्रर्दशन गरिएको थियो ।
बुधबारे जेसिजका जनसम्पर्क अधिकारी गजुहाङ योङहाङले जेसिज आस्था वाचन गरेको कार्यक्रममा कार्यक्रम संयोजक विष्णु लामिछानेले उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए भने बुधबारे जेसीज वर्ष २०२२ का महासचिव अर्जुन ढकालले कार्यक्रम संचालन गरेका थिए ।

सम्बन्धित समाचार