२०८३ बैशाख १८ गते , शुक्रबार

भारतमा पक्राउ परेकी चिनियाँ नागरिकको साथबाट नेपाली नागरिकता बरामद

sajilo news
परिवेश मिडिया
२०७९ कार्तिक ४ गते , शुक्रबार
भारतमा पक्राउ परेकी चिनियाँ नागरिकको साथबाट नेपाली नागरिकता बरामद

एजेन्सी । भारतमा एक जना चिनियाँ महिला पक्राउ परेकी छन्। उनलाई जासुसीको आरोपमा पक्राउ गरिएको हो ।
पक्राउ परेकी उनीबाट नेपाली नागरिकता बरामद भएको छ। नागरिकतामा उनको नाम डोल्मा लामा लेखिएको छ।
टाइम्स अफ इन्डियाका अनुसार दिल्ली प्रहरीले उत्तरी दिल्लीको मञ्जुका तिला क्षेत्रबाट बिहीबार काइ रूओ नामकी ती महिलालाई पक्राउ गरेको हो। उनी त्यहाँको एक  तिब्बती शरणार्थी शिविरमा बस्दै आएकी थिइन्।  
चीनको हैनान प्रान्तकी ती महिला नेपाली नागरिकका रूपमा भारतमा सन् २०१९ देखि बस्दै आएकी थिइन्। उनी भिक्षुको पोशाक लगाएर हिँड्थिन्।
भारतका विभिन्न मन्त्रालय र विभागका आसपासमा ती महिलाका शंकास्पद गतिविधि देखिएपछि उनलाई पक्राउ गरिएको उल्लेख गरिएको छ। उनी जासुस रहेको आशंका गरिएको छ। उनले के-के सूचना संकलन गरेकी थिइन् भन्ने खुलिसकेको छैन। 
दिल्ली प्रहरीले उनीमाथि थप अनुसन्धान गरिरहेको छ।

सम्बन्धित समाचार