२०८३ बैशाख १८ गते , शुक्रबार

विराट बहुउद्धेश्यीयको खुद नाफा ८३ लाख

sajilo news
परिवेश मिडिया
२०७९ कार्तिक ३ गते , विहीबार
विराट बहुउद्धेश्यीयको खुद नाफा ८३ लाख

बिर्तामोड झापाको बिर्तामोड सैनिकमोडमा मुख्य कार्यालय रहेको विराट बहुउद्धेश्यीय सहकारी संस्थाले गत आर्थिक बर्षमा ८३ लाख १४ हजार ९०२ रुपैँया खुद आम्दानी गरेको संस्थाको १७ औं बार्षिक साधारणसभाको पूर्व सन्ध्यामा बिहीवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा सो जानकारी दिइएको हो

कार्यक्रममा संस्थाका अध्यक्ष मोहन सिवाकोटीले प्रतिवेदन सार्वजनिक गर्दै सहकारीले बर्षभरी गरेका गतिविधीका विषयमा जानकारी गराएका थिए गतवर्ष करोड ५४ लाख ६३ हजार २६५ रुपैंयाँ जगेडा कोषमा रकम जम्मा गरेको संस्थाले यसबर्ष करोड ७५ लाख ४१ हजार ९९१ रुपैंयाँ जगेडा कोषमा राख्न सफल भएको अध्यक्ष शिवाकोटीको भनाई

संस्थाले सदस्य स्वास्थ्य उपचार सहयोग कोषमार्फत ५० जना सदस्यको स्वास्थ्य उपचारमा लाख १९ हजार ५०० रुपैंयाँ सहयोग गरेको प्रतिवेदनमा उल्लेख त्यस्तै ११ जनालाई सुत्केरी पोषण खर्च वापत ५५ हजार ५५ रुपैंयाँ, दुई जना सदस्यको  मृत्यु भएपछि सदस्य काजक्रिया खर्च वापत ४० हजार १० रुपैयाँ सहयोग प्रदान गरेको संस्थाले काजक्रिया सरय खर्च बापत २९ जनालाई लाख १२५ रुपैयाँ सामाजिक उत्तरदायित्व अन्तरगत ४६ हजार ५०० रुपैयाँ सहयोग प्रदान गरेको बताइएको

सेवा केन्द्र बिस्तारको काम यसै आर्थिक बर्षभित्र गरिने संस्थाका प्रबन्धक रुद्रप्रसाद सिटौलाले बताए उनले चाँडै गरामनीमा सेवाकेन्द्र विस्तार गर्न लागिएको बताए सबै सदस्यको पहुँचमा सेवा पुर्याउनका लागि सुलभ सहकारी पसल, प्रबिधिमैत्री डिजिटल भुक्तानी, मोवाईल बैकिङ, एसएमएस, क्यूआर कोड सेवा बिस्तार गरिने संस्थाको लक्ष्य रहेको बताइएको संस्थाका उपाध्यक्ष स्वर्गीय पर्शुराम सिटौलाको नाममा स्थापित ११ हजार १११ रुपैयाँ पुरस्कार राशीको पर्शुराम स्मृति पुरस्कार सामाजिक क्षेत्रमा बिशिष्ट योगदान पुर्याउने एकजना ब्यक्तिलाई साधारणसभाको अवसरमा शुक्रबार प्रदान गरिने बताइएको सहकारीले उत्कृष्ट बचतकर्ताको रुपमा गणेश उप्रती, उत्कृष्ट ऋणि कुमारी कार्की बस्नेत उत्कृष्ट कर्मचारी शान्तादेवि सेडाई सिटौलालाईसमेत सम्मान गर्ने बताइएको

झापा जिल्लाभर कार्यक्षेत्र रहेको संस्थामा आर्थिक बर्ष २०७८÷०७९ सम्ममा हजार सय १८ जना शेयर सदस्य रहेका छन् भने लगानीमा रहेको कर्जा ३० करोड, ६७ लाख ७३ हजार ९७४, संस्थामा रहेको बचत ३३ करोड ५६ लाख ७४ हजार ६८६ रुपैयाँ ४४ पैसा आव २०७८÷०७९ को कुल कारोवार ४३ करोड २० लाख ४०८ रुपैयाँ ३५ पैसा रहेको पत्रकार भेटघाटमा वितरित प्रतिवेदनमा उल्लेख

संस्थाले कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने नीति अनुरुप लाख रुपैँयासम्म कृषकहरुलाई १३ प्रतिशत व्याजदरमा सहुलियत कृषि कर्जा उपलब्ध गराइने जानकारी दिएको त्यस्तै सदस्यहरुलाई सुपथ स्वास्थ्य सेवा प्रदान गर्न विराट फार्मेसी सञ्चालन गर्ने उद्धेश्यले डा. लक्ष्मी मैनालीको संयोजकत्वमा अध्ययन समितिसमेत बनाइएको शिक्षा उपसमिति सदस्य अर्जुनकुमार पाठकले जानकारी दिए

पत्रकार भेटघाट कार्यक्रममा संस्थाका सल्लाहकार उमानाथ ओलीले बहुउद्धेश्यीय कारोबार अन्तर्गत कृषि क्षेत्रमा सहकारीले काम गर्नसके राम्रो हुने धारणा व्यक्त गरे

 

सम्बन्धित समाचार