२०८३ बैशाख १८ गते , शुक्रबार

शताब्दी पुरुष जोशीको निधनमा मंगलबार सार्वजनिक बिदा

sajilo news
परिवेश मिडिया
२०७९ आश्विन ३१ गते , सोमबार
शताब्दी पुरुष जोशीको निधनमा मंगलबार सार्वजनिक बिदा

काठमाण्डौ । सरकारले आइतबार निधन भएका शताब्दी पुरूष सत्यमोहन जोशीको निधनमा शोक मनाउन मंगलबार देशभरि सार्वजनिक बिदा दिएको छ । 
गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै जोशीको निधनको शोकमा नेपाल राज्यभरिका सबै  सरकारी कार्यालय, सार्वजनिक संघ-संस्थाहरू, विदेशस्थित कूटनीतिक नियोगहरूमा मंगलबार बिदा दिने निर्णय भएको जानकारी दिएको छ। 
भोलि नेपालको राष्ट्रिय झन्डा झुकाउने पनि निर्णय भएको गृहको विज्ञप्तिमा उल्लेख गरिएको छ। 
१०३ वर्षीय जोशी आइतबार बिहान उपचारको क्रममा किष्ट अस्पतालमा निधन भएको थियो ।

सम्बन्धित समाचार