२०८३ बैशाख १८ गते , शुक्रबार

सत्यमोहन जोशीको शरिरलाई अस्पतालले के गर्छ ?

sajilo news
परिवेश मिडिया
२०७९ आश्विन ३१ गते , सोमबार
सत्यमोहन जोशीको शरिरलाई अस्पतालले के गर्छ ?

बिर्तामोड वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा आइतबार बिहान बजेर मिनेटमा निधन भयो असोज गतेदेखि ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो

निधनपछि उनको शवलाई अध्ययनका लागि अस्पतालमा राखिने भएको २०७७ माघ ३० गते नै ललितपुर महानगरपालिकाको रोहबरमा सत्यमोहन जोशीले आफ्नो शरीर अध्ययनका लागि किष्ट अस्पताललाई दिन सम्झौता गरेका थिए

त्यस कार्यक्रममा उनले भनेका थिए, ‘संस्कृतमा एउटा श्लोक जीवेम शरदं शतम भन्ने, सोहीअनुसार पनि १०० वर्ष बाँचिसकेँ। यति समयसम्म मेरो फोक्सोको अवस्था कस्तो थियोरु मुटुको अवस्था कस्तो छरु सबै जानकारी चिकित्सा क्षेत्रका विद्यार्थीहरूले अध्ययन गरेर पत्ता लगाऊन् भन्ने उद्देश्यले मरणोपरान्त अरू सबै संस्कार गरिसकेपछि शरीर दान गर्न लागेका हौं

उनले आफ्नो इच्छाअनुसार नै शरीर दान गर्ने सहमति गरेका थिए

आइतबार उनको निधन भएपछि बुवाको शरीर अस्पताल प्रशासनले के कसरी राख्ने हो भन्नेबारे उनका छोराहरूले चिन्ता पनि व्यक्त गरे। त्यसपछि अस्पतालमै दुई पक्ष यसबारे छलफल भयो अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले आफूहरूले सत्यमोहनको शरीर संरक्षण तथा अध्ययन गर्ने ढाँचा पहिल्यै तयार पारिसकेको बताएपछि परिवार पनि विश्वस्त भयो

प्राध्यापक डाक्टर किशोरसिंह बस्नेतले उनको शव संरक्षण गर्ने काम सुरू गरिहाल्नुपर्ने बताए उक्त कामको लागि सबैको सहमति भएपछि उनले शव संरक्षण गर्ने काम अघि बढाए शवमा नसामा इन्जेक्सेनबाट रसायन हालेपछि लामो समयसम्म नकुहिने गरी संरक्षण गर्न सकिने उनले बताए

उहाँको शरीरमा नसाबाट रसायन दिइएको उक्त रसायन शरीरमा पसेपछि २५/३० वर्षसम्म पनि केही हुँदैन त्यसको लागि चिस्यान पनि चाहिँदैन केही चाहिन्न, उनले भने, ‘मृत शरीरलाई संरक्षण गर्न विभिन्न किसिमको केमिकल हुन्छन्

जोशीको शरीरमा रसायन पठाउने काम अस्पतालले हिजेै बिहान सकिसकेको त्यसपछि उनको परिवारलाई श्रद्धान्जलीका लागि पार्थिव शरीर लैजान  अनुमति दिएको थियो केहीबेर अस्पताल प्रशासनमा राखेर जोशीको पार्थिव शरीर ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा ल्याइएको थियो

अपराह्न साढे बजेपछि उनको पार्थिव शरीर फेरि अस्पतालमै लगिएको अब सत्यमोहनको शरीरलाई अध्ययनका लागि राखिनेछ

उनको शरीरलाई अस्पताल प्रशासनले के गर्छ भन्ने प्रश्नमा किष्ट अस्पतालका निर्देशक  बज्राचार्यले  जोशीको शव संरक्षण गरेर प्रदर्शनका लागि नराखिने बताए

राजनीतिक व्यक्तिको राखिएको जसरी राखिने होइन हाम्रो उद्देश्य त्यो होइन। हाम्रो उद्देश्य भनेको उहाँको शरीरलाई अध्ययन गर्ने हो, उनले भने, ‘हामीले संरक्षण गरिसकेका छौं संग्राहलयमा राखेर अरूलाई देखाउने भन्ने होइन

अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार यसको अध्ययन गर्ने समय लामो हुन्छ त्यसको लागि वर्षौं लाग्न सक्छ यसबाट खुलेका तथ्यहरू आफूहरूले अरू शिक्षण अस्पतालमा पनि पठाउने उनले बताए

उहाँको मुख्य जिज्ञासा नै यति धेरै बाँच्नुको कारण के हो ? भन्ने थियो यो पत्ता लगाउन सुक्ष्म अध्ययन गर्छौं विस्तारै प्रक्रिया पुर्याएर काम अगाडि बढाउँछौं, उनले भने, ‘हिजोबाट सर्वसाधारणलाई उहाँको शवलाई हेर्न अनुमति छैन उहाँका परिवारकै सदस्यलाई पनि अनुमति हुँदैन विशुद्ध चिकित्सा शास्त्रअनुसार अध्ययन हुन्छ हामीले हरेक अंगहरूबारे पनि अध्ययन गर्छौं

आफूहरूले विदेशमा हुने प्रक्रिया नै अपनाएर यो कामलाई अगाडि बढाउने उनले बताए अध्ययनका क्रममा आवश्यक परे विदेशी चिकित्सकलाई समेत बोलाउन सकिने बताए  

शवलाई अस्पतालले सदाका लागि संरक्षण गरेर राख्ने भने होइन उनका अनुसार अध्ययन गर्नुका कारणहरू पत्ता लागेपछि दाहसंस्कार आफ्नै हिसाबले गरिनेछ त्यो गोप्य नै हुन्छ हाम्रो अध्ययनका कारणहरू पत्ता लागेपछि आफ्नो हिसाबले अन्तिम संस्कार गरिन्छ योबारे कसैलाई जानकारी पनि दिइँदैन, उनले भने

सम्बन्धित समाचार