२०८३ बैशाख १८ गते , शुक्रबार
चट्याङका कारण बिर्तामोडमा एक बालिकाको मृत्यु
बिर्तामोड । झापाको बिर्तामोडमा शुक्रबार परेको चट्याङका कारण एक जना बालिकाको मृत्यु भएको छ । बिर्तामोड-२ कि ११ बर्षीया सन्जु हस्दाको मृत्यु भएको हो ।
स्थानीय रुपलाल हस्दाकी छोरी सन्जु कुमाल टोलमा रहेको हजुरआमाको घरबाट आफ्नो घर जाने क्रममा साँझ ६ बजे परेको चट्याङका कारण चैतुबारीमा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । साइकलमा सवार सन्जुको घटनास्थलमा नै मृत्यु भएको हो । शवको कानूनी प्रक्रिया पूरा गरि पोष्टमार्टमका लागि मेची अस्पताल भद्रपुर पठाउने तयारी भइरहेको इप्रका अनारमनीका प्रमुख डीएसपी रुगमबहादुर कुँवरले जानकारी दिए ।