२०८३ बैशाख १८ गते , शुक्रबार

आजबाट हामी स्थापनाको दोस्रो बर्षमा

sajilo news
परिवेश मिडिया
२०७९ आश्विन २१ गते , शुक्रबार
आजबाट हामी स्थापनाको दोस्रो बर्षमा

आजबाट हामी स्थापनाको दोस्रो बर्षमा प्रवेश गरेका छौँ आज कै दिन गएको बर्ष असोज २२ गते घटस्थापनाको सुअवसर पारेर शुभारम्भ भएको परिवेश मिडियाले पहिलो बर्ष पार गरि दोस्रो बर्षमा प्रवेश गर्दा हामी हर्षित भएका छौँ

लोकतान्त्रिक गणतन्त्र सुशासनको संस्थागत विकासमा हामीले निरन्तर कलम चलाई रहेका छौँ मुलुकमा जारी भएको संविधानको पूर्ण कार्यान्वयनमा थुप्रै चुनौतीहरु छन् मुलुक अस्थिरता संक्रमणकालिन अवस्थाबाट नै गुज्रिरहेको अवस्था संविधानको पूर्ण कायान्वयन गरी मुलुकलाई समृद्ध बनाउन हामी सबैको दायित्व रहेको विकासका बाधकको रुपमा रहेका केहि कुरीति अन्धविश्वासलाई शिक्षाको माध्यमबाट हटाउँदै लैजानुपर्ने आवश्यकता समेत रहेको

डिजिटल पत्रकारीताको माध्यमबाट स्थानीय समाचारहरुलाई चाँडो भन्दा चाँडो पाठकले पढ्न चाहने इच्छालाई पूरा गर्न हामीले हरदम प्रयत्न गरिरहेका छौँ सबै जातजाति, भाषाभाषी, धर्मसंस्कृति, क्षेत्र, वर्ग, लिङ्ग, समुदाय, राजनीतिक दल आदिका समाचारहरुलाई हामीले समान रुपमा प्राथमिकताका साथ स्थान दिँदै आएका छौँ

हामीलाई सफलतापूर्वक पहिलो बर्ष पार गरी दोस्रो बर्षमा प्रवेश गराउन सहयोग गर्नुहुने सम्पूर्ण पाठकहरु, विज्ञापनदाता, समाचार स्रोत, सहकर्मीहरु तथा शुभचिन्तकहरु प्रति आभारी छौँ  

सम्बन्धित समाचार